|

काठमाडौं : राष्ट्रपति विद्यादेवि भण्डारी सरकारले आर्थिक वृद्धिदरमा कोरोनाको असर परेको बताएकी छन्।

शुक्रबार संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आर्थिक वृद्धिदरमा कोरोनाको असर परेको बताइन्।

'सरकारले पछिल्लो समयमा आर्थिक वृद्धिदर दोब्बर गर्ने लक्ष्य हासिल गरिरहेको थियो। त्यसमा कोरोना भाइसरको असर परेकेा छ,' उनले भनिन्। त्यसले सरकारको पहिलो प्राथमिक कोरोना रोकथाम भएको बताइन्।

सरकारले कोरोना रोकथामको लागि कुनै कसर बाँकी नराख्‍नेसमेत बताइन्। आर्थिक वृद्धिदर बढाउन आफ्नो क्षेत्रमा सक्दो पहल गर्ने बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.