|

काठमाडौं : आउँदो फागुन २७ गते रिलिज हुन लागेको फिल्म 'दर्पण छायाँ २' को ट्रेलर सार्वजनिक भएको छ। 

१६ वर्ष अघिको चर्चित फिल्म 'दर्पण छायाँ' को नाममा बनाइएको फिल्मको निर्देशन तुलसी घिमिरेले गरेका हुन्। दर्पण छायाँको निर्देशन पनि घिमिरेले नै गरेका थिए।

फिल्म पूर्ण रुपमा सांगीतिक भएको फिल्मका निर्देशक घिमिरेले बताए। पुष्पल खड्का, साहारा कार्की, श्रद्धा प्रसाइ लगायतको मुख्य भूमिका रहेको 'दर्पण छायाँ २' मा सबु गडल कार्की र रवि कार्कीको लगानी छ।

'कलाकार एक पलमा एक युग बाँचेको हुन्छ। त्यसैले कलाकारलाई युगले आफ्नो दर्पणमा साँचेको हुन्छ....' निर्देशक घिमिरेले फिल्मको ट्रेलरमा कथानक सुनाउँछन्। ट्रेलरमा मित्रता, प्रेम र कलाकारिता जीवनका सन्दर्भहरु छन्। 

हेर्नुहोस् ट्रेलर : 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.