|
http://pad1.whstatic.com

उदयपुर : वन कार्यालयले उदयपुरको पश्चिमी क्षेत्रमा रहेको सामुदायिक वन समूहभित्र रुख काट्ने २ जनालाई पक्राउ गरेको छ। इलाका वन कार्यालय कटारी त्रिवेणीले रुख काटेको अभियोगमा त्रिनपा ६ बस्‍ने ‘काजी’ भनिने दिवस कार्की र दवबहादुर परियारलाई पक्राउ गरेको हो।

पक्राउ परेकालाई जिल्ला वन कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको जिल्ला वन कार्यालयका सूचना अधिकारी लालबाबु यादवले बताए। यादवका अनुसार इलाका वन कार्यालय त्रिवेणीका फरेष्टर युवराज थापाको प्रतिवेदनको आधारमा कार्की र परियारलाई पक्राउ गरिएको हो।

उनीहरुमाथि २० वटा सालका रुख काटेको आरोप छ। उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.