|
पञ्चेश्वर आयोजनाको बाँधस्थल रहने भनिएको स्थान।

बैतडी : सरकारले पञ्चेश्वर आयोजना निर्माण अघि बढाउने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसदमा प्रस्तुत सरकारका नीति तथा कार्यक्रममा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अघि बढाइने उल्लेख छ।

वि सं २०५२ माघ २९ गते नेपाल र भारतबीच सन्धी भएर पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम अघि बढाउने सहमति भएपनि अहिलेसम्म सो आयोजनाको काम खासै अघि बढ्न सकेको छैन।

सो आयोजनाको विस्तृत आयोजना प्रतिवेदनलाई अन्तिम रुप दिइ आयोजना विकास कार्य अघि बढाउने सरकारले जनाएको छ। आयोजना निर्माण गरिएमा पञ्चेश्वरबाट ६ हजार ४८० मेगावाट विद्युत उत्पादन हुनेछ।

नीति तथा कार्यक्रममा बैतडीसहित बझाङमा फस्फोराइडको अन्वेषण गरिने उल्लेख गरिएको छ। यस्तै कञ्चनपुरको दैजी र कैलालीको लम्कीमा औद्योगिक क्षेत्र स्थापना गर्ने कुरा समेत उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.