|

उदयपुर : नेपाली काङग्रेसका महामन्त्री शशांक कोइरालाले संविधान कार्यान्वयनका लागि आगामी निर्वाचनमा नेपाली कांग्रेस एकजुट भएर लाग्नुपर्ने बताएका छन्। वीपी कोइरालाले संविधानसभाबाट जनताको संविधान चाहेको उनले बताए।

'स्वर्गिय पिता वीपी चाहेको संविधानसभाबाट जनताको संविधान काङग्रेसको लामो संर्घषपछि स्वर्गिय गिरिजाप्रसाद कोईराला हुँदै स्वर्गिय शुसिल कोइरालाले घोषणा गर्न सफल हुनुभयो,' वीपीपूत्र शशांकले भने,'आगमी चुनावको बेला तपाईहरु ध्यानपुर्वक अर्जुन दृष्टिले चुनावमा लाग्नुहोस्। स्थानीय तह, प्रदेश र केन्द्रको संघीय निर्वाचनमा काङग्रेसले जित्यो भने मात्र वीपी लगायत नेपाली काङग्रेसका अग्रजहरु शुसिलको समेत सपना पुरा हुनेछ।'

वर्तमान सरकारले नै अबको निर्वाचन गराउने महामन्त्री कोइरालाले बताए। उनले 'एमालेले झिकेका बखेडाको अन्त्य' सरकारले छिट्टै गर्ने बताएका छन् । ‘सिमाङ्कनमा विवाद रहेका ठाउँहरुको विवाद हल गरेर निर्वाचन हुन्छ। आफैंले दुई तिहाई पुर्‍याएर घोषणा गरेको संविधानमा एमालेका नेताले बखेडा भिक्नुको कुनै औचित्य छैन,' कोइरालाले भने।

नेपाली काङग्रेस उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलन उद्घाटन गर्न बिहीबार उदयपुर आएका हुन्। कार्यक्रममा कोइरालासँगै सिँचाईमन्त्री दिपक गिरी र कांग्रेस केन्द्रीय सदस्य नारायणबहादुर खड्काले  निर्वाचनमा नेपाली कांग्रेस एक भएर लाग्नुको विकल्प नभएको बताए।             

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.