|

बैतडी : भारतसँग सीमा जोडिएका बैतडीसहित सुदूरपश्चिम प्रदेशका ८४ स्थानमा सशस्त्र प्रहरी बलको उपस्थिति छ। तर सीमा नाका छलेर नेपाल भित्रिने क्रम भने रोकिएको छैन।

कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा सिल गरिए पनि उत्तिकै संख्यामा नेपालीहरु सीमाबाट अवैध रुपमा नेपाल आइरहेका छन्। 
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई मजबुद बनाउँदै लगेको पनि बताएको छ। 

सुदूरपश्चिमका भारतसँग सीमा जोडिएका ५ जिल्लाका ८४ ठाउँमा सशस्त्र प्रहरी बलले आफ्नो पोस्ट खडा गरेको छ। जसमा सबैभन्दा बढी कैलालीमा ४२, कञ्चनपुरमा २४, दार्चुलामा ९, बैतडीमा ५ र डडेल्धुरामा ४ स्थानमा पोस्ट स्थापना भएका सशस्त्र प्रहरी वैद्यनाथ बाहिनी अत्तरिया कैलालीले जनाएको छ।

भारतबाट अवैध रुपमा नेपाल प्रवेश नरोकिएपछि सीमा क्षेत्रमा बिओपी, पोस्ट र गुल्महरु स्थापना गरिएका अत्तरियाका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथोकीले बताए। 

बैतडीसहित सुदूरपश्चिमका सीमा क्षेत्रमा सुरक्षाका एक हजार ४ सय सशस्त्र प्रहरी परिचालन गरिएको जनाइएको छ। 

तर अवैध नेपाल प्रवेश रोकिएन

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति निकै भए पनि केही मात्रै अवैध प्रवेश रोकिएको छ। जसका कारण कोरोना संक्रमण जोखिम बढिरहेको छ। लकडाउनमा हालसम्म १ सयभन्दा बढी नेपाली महाकाली नदी तरेर नेपाल भित्रिएका छन्। बैतडी र दार्चुलामा गरी उक्त संख्यामा स्वदेश भित्रिएका हुन्।  

महाकाली नदीमा ट्युबमार्फत बैतडीमा ४० जना भित्रिएका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले बताए। उनीहरु सबैलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने गरिएको छ।  

भारतमा लकडाउन खुकुलो भएकाले अवैध रुपमा नेपाल भित्रिने क्रम नरोकिएको हो।  दार्चुलामा पनि लकडाउनमा समयमा महाकाली नदी तरेर ७० जना भित्रिएको तथ्यांक रहेको छ। उनीहरुमध्ये कोही महाकालीमा पौडिएर, कोही तुहिनमार्फत र कोही ट्युबमार्फत स्वदेश भित्रिएका हुन्। स्वेश फर्कने सबै नेपाली मजदुर रहेका र उनीहरुलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखेर परीक्षणपश्चात् मात्र घर पठाउने गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए।   

बैतडी र दार्चुलासंग सीमा जोडिएको भारतको पिथौरागढ जिल्लालाई भारत सरकारले ग्रिनजोनमा राखेकोले त्यहाँ मजदुरी गर्दै आएका नेपाली स्वदेश भित्रिने क्रम बढेको हो। 

अवैध प्रवेश रोक्न निगरानी समूह 

लकडाउनको रहेको समयमा अवैध रुपमा सीमा क्षेत्रबाट हुने वारपार रोक्न बैतडीमा निगरानी समूह गठन गर्न थालिएको छ। बैतडीस्थित महाकाली नदीमा ट्युबमार्फत तरेर अवैध रुपमा नेपाली फर्कने क्रम नरोकिएपछि यहाँका सीमावर्ती स्थानीय तहहरुले निगरानी समूह गठन गर्न थालेका हुन्। 

भारतसँग सीमा जोडिएका जिल्लाको दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा  निगरानी समूह गठन गरिँदै छन् 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.