|

काठमाडौं : चौथो रमपम उदयपुर गोल्डकपको उद्घाटन खेलमा सिएमजी संकटा काठमाडौंले धरान फुटबल क्लबलाई ३-१ ले हराएको छ।

गाईघाटस्थित थरुहट उदयपुर रंगशालामा खेलको २३ औं मिनेटमा सौजन राईले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए। ४४ औं मिनेटमा संकटाका लावन ओलाकेनले अग्रता दोब्बर पारे। लगत्तै  राज पौडेलले गोल गरेपछि पहिलो हाफमै संकटा ३-० ले अघि बढ्यो।

६८ मिनेटमा धरानबाट प्रकाश बुढाथोकीले एकमात्रै गोल फर्काए। प्रकाश म्यान अफ दि म्याच समेत घोषित भए। यसअघि प्रतियोगिताको उद्‍घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले गरेका थिए। प्रतियोगितामा भोली आयोजक उदयपुर ११ ले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.