|

सिन्धुपाल्चोक : वल्ड्र भिजनको सहयोग र स्थानीय साझेदार संस्था जनहित ग्रामीण सेवा समिति, सिन्धुपाल्चोकको सहकार्यमा सिन्धुपाल्चोक जिल्लाको फुलपिङकोट गाविसमा स्वास्थ्य चौकीको पुनर्निर्माण सम्पन्‍न भएको छ।

पुनर्निर्माणपछि बुधबार स्थानीयको उपस्थितिमा स्वास्थ्य चौकी औपचारिक रुपमा हस्तान्तरण गरियो। जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. सुरेन्द्र प्रसाद चौरसियाको उपस्थितिमा भएको कार्यक्रममा गाविसका समुदाय र वल्र्ड भिजन लगायत साझेदारहरुको सहभागिता थियो।

वल्र्ड भिजनका जिल्ला व्यवस्थापक मनिका सुब्बाले सबै साझेदारलाई धन्यवाद अर्पण गर्दै आफ्नो संस्थाको सहयोगले सिन्धुपाल्चोकमा ४ वटा स्वास्थ्य चौकीको मर्मत र पुर्ननिर्माण भएको जानकारी दिए। उनले स्वास्थ्य सेवामा भूकम्प प्रभावित समुदायको पहुँच पुर्‍याउन वल्र्ड भिजनले यो क्षेत्रमा सहयोग गरेको जानकारी दिए।

विनाशकारी भुकम्पपछि वल्र्ड भिजनले जिल्लास्थित सम्बन्धित सरकारी निकायसँग समन्वय गर्दै भूकम्प प्रभावित जिल्लाका छानिएका स्वास्थ्य चौकीहरुको मर्मत र पुर्ननिर्माण गर्दै आएको छ।  वल्र्ड भिजनले अहिलेसम्म सिन्धुपाल्चोक, धादिङ, दोलखा र गोरखा जिल्लामा  स्थानीय साझेदार संस्थाहरुमार्फत ९ वटा स्वास्थ्य चौकी र एउटा बर्थिङ सेन्टरको मर्मत र पुर्ननिर्माणमा सहयोग गरेको छ।

सन् २००१ देखि नेपालमा दीर्घकालीन विकास कार्यमा सहयोग गर्दै आएको वल्र्ड भिजन इन्टरनेशल अहिले डोटी, जुम्ला, काठमाडौं, कैलाली, लम्जुङ, ललितपुर, मोरङ, रुपन्देही, सुनसरी, उदयपुर, सिन्धूली र अछाम जिल्लामा क्रियाशिल छ।

सन् २०१५ अप्रिल र मे महिनामा नेपालमा गएको महा–विनाशकारी भूकम्पपछि सबैभन्दा बढी प्रभावित जिल्लाहरू सिन्धुपाल्चोक, सिन्धुली, लमजुङ, ललितपुर, भक्तपुर, काठमाडौं, गोरखा, धादिङ, दोलखा र नुवाकोटमा सरोकारवाला, सरकार र समुदायसँगै  साझेदारी गरेर यस संस्थाले ५,२१,००० भन्दा बढी व्यक्तिहरू माझ राहत तथा पुनर्लाभका कार्यक्रम गरेको जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.