|

इलाम : बाँझोस्थित माङ्सेबुङमा संचालित सातौ पवित्रहाङ्मा महिला गोल्डकप फुटबलको उपाधिको लागी माङ्सेवुङ युथ क्लब इलाम र पारिजात महिला क्लब झापा भिड्ने भएका छन्। फाइनल खेल फागुन २ गते हुनेछ।

आज भएको दोश्रो सेमिफाइलनमा माङ्सेवुङले डिफेन्डिङ च्याम्पियन नालिफुङवा युथ क्लब मोरङलाई ३–१ गोल अन्तरले हरायो। सुस्मिता लेप्चाले खेलको तेश्रो मिनेटमा फ्रिकिक मार्फत गोल गर्दै माङ्सेवुङलाई सुरुवाती अग्रता दिलाएकी थिइन्।

खेलको १९ औ मिनेटमा शिवानी शर्माले अग्रता दोब्बर पारिन्। ५३ औ मिनेटमा सुस्मिताले व्यक्तिगत दोश्रो गोल गर्दा माङ्सेवुङ ३–० ले अघि बढ्यो। नालिफुङवाकी रेस्मा राईले खेल सकिनु २ मिनेट बाँकी रहँदा गोल फर्काइन्। २ गोल गरेकी सुस्मिता लेप्चा वुमन अफ दि म्याच घोषित भइन्।

किरात धर्मगुरुआमा पवित्रहाङ्मा साँवा लिङदेनको ६१ औं जन्मोत्सवको अवसरमा किरात साम्यो हक्चात यक्चुम बाँझो इलामको आयोजनामा भएको प्रतियोगिताको विजेता टिमले नगद ६१ हजार ६१ रुपैयाँ र उपविजेता टिमले नगद ३५ हजार ६१ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन्। त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरले जनही ३ हजार ५ सय ६१ रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिताको फाइनलका दिन म्याराथुन दौड, म्युजिकल चियर, लठ्ठा तान्ने, हाडी फोड्ने लगायतका खेलहरु समेत आयोजना गरिने आयोजक समितिका सचिव मनकुमार आङ्बुहाङले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.