|

इजरायका लागि चिनियाँ राजदूत दु वेइ मृत भेटिएका छन्।

इजरायलको राजधानी तेल अभिभस्थित उनकै आवासमा राजदूतको शव भेटिएका इजरायली प्रहरी प्रवक्ताले जानकारी दिएका छन्। 

राजदूतको मृत्युको कारण इजरायली प्रहरीले खुलाएको छैन। ५७ वर्षीय दु वेइ गत फेब्रुअरीदेखि इजरायलका लागि चिनियाँ राजदूत रही आएका थिए। 

अनुसन्धानको नियमित प्रकृयाअनुसार अहिले प्रहरी घटनास्थलमा रहेको बताइएको छ।

इजरायलको एक टेलिभिजन च्यानलले स्वास्थ्य अधिकारीहरुलाई उधृत गर्दै सुतिरहेकै अवस्थामा राजदूत वेइको प्राकृतिक मृत्यु भएको उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.