|

काठमाडौं :  लकडाउनको समयमा नक्कली सैनिक पोसाक लगाएर हिँड्ने एक जना पक्राउ परेका छन्।  

आइतबार काठमाडौंको बाँसबारीमा होटल सञ्चालन गर्दै आएका दोलखाका सुशील खड्कालाई नक्कली सैनिक पोसाक लगाएर हिँडिरहेको अवस्थामा सैनिक प्रहरीे पक्राउ गरेको हो।

उनी २०६८ सालमा सेनाले सञ्चालन गरेको सैन्य आधार तालिमबाटै भागेको  सेनाले जनाएको छ। उनलाई सैनिक प्रहरी गणमा थप निगरानीमा राखेर कार्वाही प्रक्रिया अघि बढाइएको समेत नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.