|

काठमाडौं :  जर्मन बुन्डेसलिगामा  शीर्ष स्थानको बायर्न  म्युनिलले घरेलु टोली युनियन बर्लिनमाथि २–० को सहज जित निकालेको छ।

पहिलो हाफमा पेनाल्टीमार्फत गोल गर्दै बायर्नले खेलमा अग्रता बनाएको थियो। खेलको ४० औं मिनेटममा रोबर्ट लेवानडोस्कीले पेनाल्टी मार्फत गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा १ गोलले अगाडि रहेको बायर्नले दोस्रो हाफमा अर्को गोल थप्यो। बेन्जामिन पाभार्टले खेलको ८० औं मिनेटमा गोल गर्दै बायर्नको शीर्ष स्थानको अग्रतालाई कायमै राखेको छ। त्यस्तै आइतबार नै भएको अर्को खेलमा कोलोग्नी र मेइनजले २–२ को बराबरी लेख्दै अंक बाँडेका थिए।

लिगको अंकतालिकामा बायर्न ५८ अंकसहित शीर्ष स्थानमा छ। शनिवारको खेलमा दोस्रो स्थानमो डर्टमुन्डले शाल्केमाथि जित निकाल्दै अंकदुरी घटाए पनि आइतबारको खेलमा बायर्न म्युनिखले फेरि ४ अंकको अग्रता बनाएको हो। 

दोस्रो स्थानको डर्टमन्डको ५४ अंक छ। तेस्रो स्थानको ग्लाडब्याचको ५२ अंक र चौथ स्थानको लेइपजिगको ५१ अंक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.