|

धनुषा : धनुषामा हतियारसहित दुई जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शहीदनगर नगरपालिकाबाट दुईलाई हतियारसहित पक्राउ गरिएको हो। 

पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–८ हरिनेका १८ वर्षीय अक्षय पासवान र २० वर्षीय सुनिलकुमार साह रहेको प्रहरीले जनाएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयराज सापकोटाले विशेष सूचनाका आधारमा शहीदनगर नगरपालिका–३ झण्डा चोकबाट सादा पोशाकमा खटिएका प्रहरी टोलीले ज १२ प ५१६५ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा हतियार फेला परेको बताए।

प्रहरी नायब उपरीक्षक सापकोटाले पक्राउ पर्नेको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली तीन थान बरामद भएको जानकारी दिए। पक्राउ परेका दुवै जनालाई हतियार र मोटरसाइकलसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.