|

चीनको वुहान शहरमा पहिलोपटक कोरोना भाइरस संक्रमित भेटिँदा भारतले निकै कटु आलोचना गरेको थियो। त्यहाँका राज्य प्रायोजित मिडियाहरुले सामग्रीहरु निकै भद्दा र आक्षेप लगाउने खालका सामग्रीहरु प्रकाशन/प्रसारण गरिरहेका थिए। तर अहिले कोरोना संक्रमितको संख्यामा भारतले चीनलाई उछिनेको छ।


तथ्याङ्क स्रोत : जोन होप्किन्स विश्वविद्यालय, अमेरिका

सुरूमै महामारी खेपेको चीनमा भन्दा ११ हजार भन्दा बढी संक्रमित भारतमा छन्। जोन होप्किन्स विश्वविद्यालयको ड्यासबोर्डमा राखिएको तथ्यांकअनुसारमा चीनमा हालसम्म ८४ हजार ४८ जना संक्रमित भेटिएका छन्। तर भारतमा संक्रमित संख्या ९५ हजार ६९८ पुगेको छ। यो संख्या चीनको भन्दा झण्डै ११ हजार ६५० ले बढी हो। 
संक्रमितहरुको मृत्युदर पनि भारतमा निकै तेज गतिमा बढिरहेको छ। बितेका १० घण्टाभित्रै भारतमा ११४ जनाको ज्यान गएको छ।

भारतको आर्थिक राजधानी पनि भनिने मुम्बई शहरमा एक दिनमै थप एक हजार ५७१ संक्रमित फेला परेका छन्। त्यहाँ यो अवधिमा थप ३८ जना संक्रमितको ज्यान गएको छ। 

कोरोना महामारी नियन्त्रणबाहिर जान थालेपछि नरेन्द्र मोदी नेतृत्वको सरकारले चौथो पटक ३१ मे सम्म लकडाउन बढाउने घोषणा गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.