|

जुम्ला : जिल्लाको एकीकृत क्‍वारेन्टाइनमा योग अभ्यास भइरहेको छ। कर्णाली प्राविधिक शिक्षालय जुम्लामा निर्माण भएको जिल्लास्तरीय एकीकृत क्‍वारेन्टाइनमा भारतबाट आएका २९ जना छन्। जहाँ मुगुका १ जना, हुम्लाका एक जना र बाकी सबै जुम्लाका छन्। 

त्यहाँ बसेका सबैले बिहान ७ देखि ८ बजेसम्म योग अभ्यास थालेका छन्। जिल्ला जनस्वास्थ्य कार्यालयको संयोजनमा डा.प्रतिभा शर्मा (आयुर्वेदिक डाक्टर) सहितको टिमले योगअभ्यास गराइरहेका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे बताइन। क्‍वारेन्टाइनमा रहेकाकाको स्वास्थ्य अवस्था बलियो बनाउन योग अभ्यास सुरु गरिएको उनले बताइन्। 

‘स्वास्थ्यका लागि योगा’ भन्ने, नाराका साथ क्‍वारेन्टाइनमा बसेकाहरुलाई योगबारे जनचेतना जगाउन योग अभ्यास थालिएको हो,’ बञ्जाडेले बताइन्। 

यसअघि कनकासुन्दरी गाउँपालिकाको मालिकाबोतामा निर्माण गरिएको क्‍वारेन्टाइनमा पनि योग अभ्यास गरिएको थियो। बिहान बिहान योग अभ्यान गर्दा मानिसक तथा शारीरिक रुपमा निकै फाइदा पुगेको क्‍वारेन्टाइनमा बसेकाहरु बताउँछन्। जिल्लास्तरीय क्‍वारेन्टाइन सुरक्षाकर्मीको घेरामा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.