|

सबै ठीकठाक थियो। चीनको बुहानमा डिसेम्बरमा जब कोरोना भाइरस देखियो पश्चिमा विश्वले यसलाई औसत भाइरस नै मान्यो तर यो भाइरस कति भयानक

रह्यो भने यसले अहिले विश्वको आधा बढी जनसंख्यालाई घरमै कैद गर्‍यो।

अन्यत्र जस्तै फुटबलमा पनि यो भाइरसले तहल्का मच्‍चायो। अनि विश्वकै प्रतिष्ठित फुटबल प्रतियोगिताहरू एकपछि अर्को गर्दै स्थगित भए। दुई महिना लामो स्थगनपछि केही प्रतियोगिताहरु रद्‍द भए भने कुनै प्रतियोगिताहरू बन्द रंगशलामा सञ्चालन गर्ने तयारीमा छन्।

यही बीचमा जर्मनीले लामो समयदेखि स्थगित फुटबललाई बन्द रंगशालामा सुरुवात त गरेको छ। तर, यसले फुटबलमा नयाँ मानक स्थापना गरेको छ। बन्द रंगशालमा दर्शकविहीन फुटबल प्रतियोगिता विश्व फुटबलको सर्वाधिक कारुणिक क्षण हो।

बुन्डेस लिगा सुरु हुँदा फुटबल मैदानमा फर्किएकोमा दर्शक खुसी रहे तर दर्शकविहीन फुटबलमा कुनै चाम भने थिएन। पहिलो खेलमा बोरुसिया डर्टमन्डले साल्केलाई ४० ले हराउँदा खुसी मनाउने कोही थिएन। खेलाडीले सामाजिक दूरीलाई ख्याल गर्दे खुसी साटे तर त्यो वर्तमान पुस्ताले हेरेको सर्वाधिक कठिन फुटबल क्षण थियो।

यसैबीचमा फिफाले कोरोना भाइरसलाई मध्यनजर गर्दै केही दिनअघि फुटबलमा तीन नभएर पाँच खेलाडीसम्म सब्स्टिच्युट गर्न पाउने नियम ल्याएको थियो।
साल्के त्यो नियमको उपयोग गर्ने पहिलो टिम बन्यो।  साल्केका प्रशिक्षक डेभिड वेग्नरले पाँच खेलाडीलाई सब्सटिच्युट गरेका थिए।

दुई महिनाको लामो अन्तरालपछि मैदानमा फर्किएका खेलाडी घाइते हुने डर दुवै टिमलाई थियो। जसको खतरा कम गर्न पनि पाँच सब्सटिच्युटको व्‍यवस्था गरियो।

मैदानमा देखिएको अर्को मानक भनेको एर्लिङ हल्यान्डले गरेको सेलिब्रेसन शैली पनि हो। उनले लिग रोकिुनअघिको आफ्नो उत्कृष्ट लयलाई दुई महिनापछि पनि
कायम राख्‍न सफल भए। डर्टमन्डलाई शनिबार उपाधि होडमा कायम राख्ने क्रममा सुरुवाती अग्रता दिलाएका थिए।

थोर्गन हजार्डको क्रसमा गोल गर्दै १९ वर्षीय हालान्डले ९ बुन्डेसलिगा खेलमा आफ्नो १० औं गोल सम्‍भव बनाए। उनले गोल गरे पनि सामाजिक दूरी कायम राखे। गोलको खुसियाली मनाउने क्रममा अन्य खेलाडीहरूबाट अलि टाढै बस्दै केही क्षण उनले खुसियाली मनाए।

हालान्डसँगै दूरी कायम गरेका खेलाडीहरू त्यसपछि पुन: खेलमा फर्किए। बुन्डेसलिगा शुरु गर्ने शर्तमध्येका एक खेलाडीहरूलाई गोलको खुसियाली मनाउनका लागि अंकमाल गर्नबाट लगाइएको बन्देजको उनले पालना गरे। फुटबल मैदानमा फर्किंदा विश्वले केही आशा अवश्य गर्‍यो।

कोमामा पुगेको फुटबल
मैदानमा फर्किंदा समर्थक केही खुसी भए। तर, अस्बर्गका समर्थकहरूले भने लिग सुचारु गर्नुको औचित्यमा प्रश्न उठाए। उल्फ्सबगविरुद्धको खेलमा खाली रंगशालाको एक ठाँउमा अस्बर्गका समर्थकहरूले एउटा ब्यानरमा लेखे फुटबल भनेको जीवन हो तर तिम्रो लागि व्‍यापार बिरामी छ। 

यसको सांकेतिक अर्थ युरोपमा अझै पनि हजारौं मृत्यु शय्‍यामा छटपटाइरहेका छन्। तर, व्‍यापार सुरु गरेको र यो फुटबल हुन नसक्ने तर्क समर्थकको थियो। लिग सुरु गर्दै गर्दा बेञ्चमासमेत सामाजिक दूरी कायम गर्नुपर्ने थियो।

खेलाडीहरू १.५ मिटरको  सामाजिक दूरी कायम गर्नु अनिवार्य थियो। जसका लागि बेन्चमा आवश्यक ठाउँ नपुग्ने भएपछि आरबी लाइपजिङले अनौठो उपाय निकाल्यो। उसले खेलाडीहरूलाई बेञ्चको सतहदेखि तीन मिटरमाथि रहेको स्ट्यान्डमा राख्यो र खेलाडीलाई तलमाथि गर्न सहजताका लागि नजिकैको एयरपोर्टबाट
विमानमा यात्रु चढाउन र ओराल्न प्रयोग हुने भर्‍याङ नै रंगशालामा ल्याएको थियो।

जुनसुकै अवस्थामा पनि ८२ हजार समर्थक आकर्षित गर्ने डर्टमन्डको इडुना पार्क दर्शकबिना फिक्का देखियो। रंगशाला शून्य त थियो नै, टेलिभिजनमा प्रत्यक्ष प्रशारण हेरेका समर्थकहरूले बेञ्चमा मास्क लगाएर बसेका खेलाडीहरू देख्दा अबको फुटबल यस्तै हुने हो? भन्ने प्रश्न छाडेर गए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.