|

काठमाडौं : भारतमा कोरोना भाइरसका संक्रमितको संख्या एक लाख नाघेको छ। त्यहाँ ३ हजार १ सय ५६ जनाले ज्यान गुमाइसकेका छन्।  पछिल्लो तथ्यांक अनुसार भारतमा एक लाख ३ सय ३८ जना संक्रमित पुगेका छन्। ती मध्ये ३९ हजार भन्दा बढी निको भएका छन। 

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख १९ हजार ९५८ जनाको मृत्यु भएको हो। पछिल्लो २४ घण्टामा ३ हजार ४४२ जनाको मृत्यु भएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा विश्वभर एक लाख ८८ हजार ७ सय २४ थप संक्रमित पुष्टि भएको छ।

पछिल्लो अपडेट अनुसार संसारभर ४८ लाख ८७ हजार ७६५ जना कोरोना भाइरसबाट संक्रमित भएको विवरण सार्वजनिक भएको छ। त्यस्तै अहिलेसम्म विश्वभर १९ लाख ४ हजार ४६६ जना ठिक भएका छन्। अहिले अमेरिका, बेलायत, फ्रान्स, इटाली, स्पेन, ब्राजिललगायतका देशहरुमा यस भाइरसको कहर केहि कम भएको देखिएको छ।  

कोरोनाका कारण अमेरिकामा १५ लाख ५० हजार ६ कुल संक्रमित भएका छन् भने ९१ हजार ९७४ जनाको मृत्यु भएको छ। यसैबीच ३ लाख ५५ हजार ६०३ निको भएर फर्किएका छन्। बेलायतमा अहिलेसम्म २ लाख ४६ हजार ४०६ कुल संक्रमित भएका छन् भने ३४ हजार ७९६ जनाको मृत्यु भएको छ।

इटालीमा २ लाख २५ हजार ८८६ कुल संक्रमित भएका छन् भने ३२ हजार ७ जनाको मृत्यु भएको छ। यसैबीच एक लाख २७ हजार ३२६ जना निको भएर फर्किएका छन्। 

फ्रान्समा एक लाख ७९ हजार ९२७ कुल संक्रमित भएका छन् भने २८ हजार २३९ जनाको मृत्यु भएको छ। यसैबीच ६१ हजार ७२८ जना निको भएर फर्किएका छन्।  स्पेनमा २ लाख ७८ हजार १८८ कुल संक्रमित भएका छन् भने २७ हजार ७०९ जनाको मृत्यु भएको छ। यसैबीच एक लाख ९६ हजार ९५८ जना निको भएर फर्किएका छन्। 

ब्राजिलमा २ लाख ५५ हजार ३६८ जना संक्रमित भएका छन् भने १६ हजार ८५३ जनाको मृत्यु भएको छ। त्यस्तै ब्राजिलमा अहिलेसम्म एक लाख ४५९ जना ठिक भएका छन्।  बेल्जियममा ५५ हजार ५५९ कुल सङ्क्रमित भएका छन् भने ९ हजार ८० जनाको मृत्यु भएको छ । यसैबीच १४ हजार ६५७ जना निको भएर फर्किएका छन्।

जर्मनीमा एक लाख ७७ हजार २८९ कुल संक्रमित भएका छन् भने ८ हजार १२३ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ५४ हजार ६ सय निको भएर फर्किएका छन्।  रुसमा २ हजार सात सय २२ को ज्यान गएको छ भने  २ लाख ९० हजार ६ सय ६८ संक्रमित छन्। त्यहाँ ७० हजार निको भइसकेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.