हलेसी तुवाचुङ नगरपालिका सिल

|

ओखलढुङ्गा : खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ का २० वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ।

गत शुक्रबार ३३ जनाको स्वाब संकलन गरेर धरानस्थित वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाएकामा एकजनामा सोमबार संक्रमण पुष्टि भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले जानकारी दिए। युवकमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको र अहिले नगरलाइ सिल समेत गरिएको प्रमुख राईले बताए। संंक्रमितलाई विरानटगरस्थित कोभिड अस्पतालमा पठाउने तयारी गरिरहेको उनले बताए।

संक्रमित युवक गत वैशाख १२ मा काठमाडौंबाट घर आएका थिए। उनलाई होम क्वारेन्टाइनमा राखिएको थियो। काठमाडौंमा रहेका नागरिकलाई नगरपालिकाले लकडाउनका बेला उद्धार गर्दा ती युवक पनि आएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.