|

काभ्रे : र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा काभ्रेको पनौती नगरपालिकाका ७ र पाँचखालका २ जनामा कोरोना पोजिटिभ देखिएको छ। 

सोमबार गरिएको आरडीटीमा पनौती नगरपालिकाका एकजना वडाध्यक्ष, कुशादेवी स्वास्थ्य चौकीका एकजना कर्मचारी र सुब्बागाउँ स्वास्थ्य चौकीका कार्यालय सहयोगीमा कोरोना संक्रमण देखिएको हो। यद्यपि, आरडीटीमा संक्रमण देखिएकाको पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमण देखिने गरेको छैन। 

पनौती नगरपालिकाका एकजना कर्मचारी, पनौती-८ निवासी एकजना पुरुषलाई कोरोना पोजिटिभ देखिएको छ। आरडीटी गर्दा पनौती नगरपालिका वडा नं. ७ का एकजना पुरुषमा पनि कोभिड-१९ पोजिटिभ देखिएको छ।

पाँचखालका २ जनामा पनि पोजिटिभ

जिल्लाको पाँचखाल नगरपालिकाका २ जनामा पनि आरडीटी गर्दा नतिजा पोजिटिभ देखिएको छ। पाँचखाल वडा नं.४ का ४८ वर्षीया महिला र सोही वडाका २६ वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएको हो। 

सबै क्वारेन्टाइनमा

आरडीटी गर्दा नतिजा पोजिटिभ देखिएपछि वडाध्यक्षसहित सबैजनालाई क्वारेन्टाइनमा राखिएको छ। 

'सोमबार आरडीटि परिक्षण गर्दा हामीलाई पोजिटिभ देखिएको हो', पिसिआर विधिबाट परिक्षण गर्न धुलिखेल अस्पतालमा स्वाब दिएर आएका छौँ, अहिले हामी खोपासीमा क्वारेन्टाइनमा बसिरहेका छौँ,’ आरडीटीमा कोरोना पोजिटिभ देखिएका ती वडाध्यक्षले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.