|

नवलपरासी : प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालको उपस्थितिमा परासीस्थित रामग्राम नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा पत्रकारलाई प्रवेश गर्न लगाइयो। मन्त्री आउने सूचना पाएर बिहान ९ बजे नगरपालिका पुगेका पत्रकारलाई गेटमा रहेका प्रहरीले 'पत्रकारलाई छिर्न नदिने आदेश भएकोले बाहिरै बस्नुस्' भनी गेटबाटै फर्काए।

जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले मन्त्री आउने भन्दै पत्रकारलाई निमन्त्रणा गरेका थिए। कोरोना नियन्त्रणका लागि अग्रपक्तिमा रहेर समाचार सम्प्रेषण गर्दै आएका पत्रकारलाई उक्त कार्यक्रममा प्रवेश नदिईपछि पत्रकारहरुले उक्त कार्यक्रम बहिस्कार गरी फर्किएका थिए। पत्रकारहरुले यस किसिमको कार्यको गम्भीर भर्त्सना गर्दै निन्दनीय घटना भनेका छन्।

रिपाेर्टिङका लागि पुगेका पत्रकारलाई प्रवेशमा निषेध गरिएपछि उक्त कार्यक्रमको समाचार समेत सम्प्रेषण नगर्न अनुरोध गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष हरि शर्माले बताएका छन्। लकडाउनलाई प्रभावकारी कार्यान्वयन गराउन नसकेको भन्दै आरोप खेप्दै आएका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको यो आदेशलाई रहस्मय लिएको छ।

कार्यक्रममा मन्त्रीसहित प्रदेशसभा सदस्य, जिसस प्रमुख, सातै स्थानीय तहका प्रमुख, सिडिओ, स्वास्थ्य कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुख, पृथ्वीचन्द्र अस्पतालका डा मोहमम्द नुरुल होदालगायतको सहभागिता रहेकाे बताइएकाे छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.