|

काठमाडौं : शुक्रबारदेखि फिल्म हलमा दुई नयाँ नेपाली फिल्म आएका छन्। भालेन्टाइन डे लक्षित गरी फिल्महरु 'डाइङ क्यान्डल' र 'लेक साइड' प्रर्दशनमा आएका हुन्।

सैगात मल्ल, सिर्जना सुब्बा, लाक्पा सिङ्गी तमाङ, अर्पण थापा लगायतका कलकारको अभिनय रहेको 'डाइङ क्यान्डल'मा दिदी भाइको माया प्रेमलाई देखाइएको छ। रविन आचार्य, विमल सुवेदी र उत्तम केसीले निर्माण गरेको फिल्म नरेश कुमार केसीले निर्देशन गरेका छन्।

यस्तो छ 'डाइङ क्यान्डल'को ट्रेलर : 

त्यस्तै पोखराको लेकसाइडमा रहेर संगीतमा लागेको एक युवकले गरेको संघर्षलाई देखाउन खोजेको फिल्म 'लेक साइड'लाई राजु अधिकारीले निर्देशन गरेका छन्। चन्द्रज्योती ढुंगाना र एञ्जल ढुंगानाको निर्माण रहेको उक्त फिल्ममा जीवन लुइँटेल, नीता ढुङ्गाना लगायतका कलकारको अभिनय रहेको छ। जीवन र निताको केमेस्ट्री यो चौथो पटक हो।    

यस्तो छ 'लेकसाइड'को ट्रेलर : 

साथै यी दुई नेपाली फिल्म सँगै बलिउड अभिनेता अक्षयकुमार अभिनित फिल्म जोली एलएलवी २ पनि प्रर्दशनमा आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.