|

बैतडी :  कोरोनाका शंकास्पद बैतडीका एक युवकलाई जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ। जिल्लाको दोगडाकेदार १ रिमका २५ वर्षीय युवकलाई आइसोलेसन भर्ना गरिएको जिल्ला अस्पताल बैतडीका ल्याब अस्स्टिेन्ट चन्द्रसिंह डोबालले बताए।

सिन्धुपलाञ्चोकबाट एक हप्ता अगाडी घर फर्केका ती युवकमा कोरोनाको शंकास्पद लक्षणदेखा परेपछि आइसोलेसन भर्ना गरिएको हो। ती युवकमा बान्ता आउने, रिंगटा लाग्नेजस्ता लक्षण देखा परेपछि आइसोलेसन भर्ना गरिएको जनाइएको छ।

आइसोलेसन भर्ना भएका युवकको थ्रोट स्बाव संकलन गरि पिसिआर परिक्षणका लागी सेती प्रादेशिक अस्पताल पठाइएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए। पिसिआर रिपोर्टपश्चात मात्रै ती युवकलाई कोरोना भए नभएको थाहा हुने जनाइएको छ।

आइसोलेसन भर्ना भएका ३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ 

भारतबाट फर्केपछि आइसोलेसन भर्ना भएका बैतडीका ३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। सिगास गाउँपालिका ९ चौखामका ३३,२२ र २० वर्षीय ३ पुरुषको पिसिआर रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल बैतडीका ल्याब असिस्टेन्ट चन्द्रसिंह डोबालले जानकारी दिए।  

गत वैशाख १८ गते झुलाघाट नाकाबाट उद्धार गरेर ल्याइएका उनीहरु सबैलाई गत शनिवारसम्म श्रीभावर क्वारेन्टाइनमा राखिएको थियो। शनिबार आरडिटि परिक्षण गर्दा ३३ वर्षीय पुरुषको आरडिटी पोजेटिभ देखिएको थियो। आरडिटी परिक्षणमा पोजेटिभ देखिएपछि उनीसँगै रहेका २२ र २० वर्षीय युवकको पनि थ्रोट स्वाब संकलन गरि पिसिआर परिक्षणका सेती प्रादेशिक अस्पताल धनगढी पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो।

श्रीभावरस्थित आइसोलेसन भर्ना भएका तीनैजनाको पिसिआर रिपार्ट नेगेटिभ आएसँगै डिस्चार्ज गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए।

यसअघि पनि वैशाख १८ गते धार्चुलानाकाबाट उद्धार गरि ल्याइएका डिलाशैनी गाउँपालिका १ का ५० वर्षीय पुरुषको पनि आरडिटी पोजेटिभ देखिएपनि पिसिआर नेगेटिभ आएको थियो।

६ जना डिस्चार्ज 

यसैबिच बैतडीमा हालसम्म ७ जना आइसोलेसन भर्ना भएका भएपनि ६ जना डिस्चार्ज भइसकेका छन्। कोरोनाका शंकास्पद लक्षण देखा परेका र आरडिटी पोजेटिभ आएका आइसोलेसन भर्ना भएका थिए। डिस्चार्ज हुने सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन्। 

बैतडीका एकजना सेतीमा भर्ना 

बैतडीका एकजनालाई कोरोना आशंकामा सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ। सिगास गाउँपालिका वडा नं ३ का २१ वर्षीय युवकलाई आइसोलेसनमा भर्ना गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए। ती युवकमा दुई दिनदेखि ज्वरो आउने, घाँटी दुख्ने लगायतका लक्षण देखिएकाले कोरोना परीक्षणका लागि आइसोलेसनमा भर्ना गरिएको होे।

आइसोलेसनमा भर्ना गरिएका युवकको पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिसकिएको जनाएकोे छ। ती युवक धनगढीमै बस्दै आएका बताइएको छ। सेती प्रादेशिक अस्पतालबाट ५ जना संक्रमित सहित ५७ जना डिस्चार्ज भईसकेका छन्। ५ जना कोरोना जितेर डिस्चार्ज भएका हुन् भने अरुको पीसीआर रिपोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.