|

पाल्पा : जिल्लाको माथागढी गाउँपालिका-३ का वडा अध्यक्ष दीपक थापा धरौटीमा छुटेका छन्।

सवारी ज्यान मुद्दामा उनी १ लाख १० हजार रुपैयाँ धरौटीमा छुटेको जिल्ला अदालत पाल्पाका सूचना अधिकारी भेषराज खनालले बताए। उनका अनुसार जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलाशले थुनछेक बहसमा उक्त रकम धरौटी तोकेको थियो। तोकिएको रकम बुझाएर थापा बुधबार छुटेका हुन्।

२०७५ साल जेठ २२ गते वडा अध्यक्ष थापाको नाममा रहेको लु३त १९५३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक १९ वर्षीय जीवन कुमालको मृत्यु भएको थियो। मृतक कुमालले सवारी अनुमतिपत्र समेत प्राप्त गरेका थिएनन्। सवारी पास नभएको व्यक्तिलाई सवारी चलाउन दिइ कुनै दुर्घटना भई कसैको ज्यान गएमा सवारी धनी घट्नाको मतियार बन्ने कानुनमा उल्लेख रहेको खनालले स्पष्ट पारे।

सवारी तथा यातायात व्यावस्था ऐन २०४९ को दफा ४६ र सोही ऐनको दफा १६१ (५) को कसुरमा सोही ऐनको दफा १६१ (५) नं. को सजाय माग गर्दै पीडित पक्षले थापा विरूद्ध प्रहरीमा जाहेरी दिएका थिए। 

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ (१) नं. बमोजिम उक्त रकम धरौटी माग भएको सूचना अधिकारी खनालले बताए। सवारी धनीले सवारी अनुमतिपत्र नभएको व्यक्तिलाई सवारी चलाउन सघाउने खालका गतिविधि गरेको र सो सवारी दुर्घटना भई चालकको समेत मृत्यु भएकोले उनी विरूद्ध यो आदेश भएको हो। 

यस्तो घट्नाका दोषीलाई २ वर्षसम्म कैद सजाय हुने ऐनमा उल्लेख रहेको उनले बताए। घट्नाबारे थप अनुसन्धानको लागि उनलाई  प्रहरीलेदुई दिन हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.