देशभर संक्रमितकाे संख्या ४ सय ५३ पुग्याे

|

भद्रपुर : झापाको कचनकवल गाउँपालिकामा बिहीबार बिहान १५ र दिउँसाे ८ जना कोरोना सङ्क्रमित थपिएका छन्। योसँगै गाउँपालिकामा मात्रै सङ्क्रमितको सङ्ख्या २३ पुगेको छ। झापामा भने संक्रमतिको सङ्ख्या ३५ पुगेको छ। 

भारतबाट आएका नेपाली नागरिकलाई गाउँघर प्रवेश गर्न नदिएर गाउँपालिकाले सोझै क्‍वारेनटाइनमा लगेर राख्न थालेकाे छ। क्‍वारेनटाइनमा बसेका मध्ये ९८ जनाको स्वाब पीसीआर परीक्षणका लागि पठाइएको थियाे। त्यसमध्ये मंगलबार १, बुधबार ९ र बिहीबार बिहान १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। दिउँसाे फेरि ८ जनामा काेरानाे देखिएकाे थियाे। 

पथरिया माविको क्‍वारेनटाइनमा बसेका ३३ जनामध्ये १० जनालाई कोरोना देखिएको हो। १० जनालाई उपचारका लागि कोसी अस्पताल विराटनगर पठाइसकेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए। अरूलाई २३ जनालाई त्यही राखिएको छ। बिहीबार देखा परेका सङ्क्रमित लक्ष्मीप्रसाद देवकोटा माविको क्‍वारेनटाइनमा बसेका मध्येबाट पुष्टि भएको हो।

त्यहाँबाट एक महिलासहित ६५ जनाको स्वाब परीक्षणका लागि पठाइएको ३० जनाको रिपोर्ट पहिलो चरणमा आएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए। ‘त्यसमध्ये १५ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो, भने १५ जनाको रिपोर्ट नेगेटिभ आएको हो,’ उनले भने। कोरोना पुष्टि भएका उनीहरूलाई उपचारका लागि कोसी अस्पताल पठाइएको छ। 

अरू ३५ जनाको रिपोर्ट आउन बाँकी छ। बिहीबार संक्रमण देखिएका १५ मध्ये वडा नम्बर ३ का ९ जना, वडा नम्बर ४ का १० जना र वडा नम्बर ६ का एक जना रहेका छन्। वडा न ५ मा ३ जना थपिएका हुन्। उनीहरूको उमेर १८ देखि ४६ वर्षसम्मका हुन्। उनीहरू सबै जना जेठ ४ गते भारतको दिल्ली, मुम्बईबाट आएका हुन्। 

क्वारेनटाइनमा बसेका कोरोना पुष्टि भएकालाई चार वटा एम्बुलेन्समा हालेर कोसी अस्पताल विराटनगर पठाउने तयारी भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए। ‘बिहान १५ जना थपिएको हो, अहिले विराटनगर पठाउन लाग्दा थप ८ जनाको नाम आएको छ’, उनले भने। 

प्रदेश १ मुख्यमन्त्रीको कार्यालय र स्वास्थ्य मन्त्रालयले गाउँपालिकामा देखापरेका थप ८ जनाको आधिकारी घोषणा गर्न भने बाँकी छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ७७ पुगेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.