|

काठमाडौं :  दार्चुलाको छाङरुमा बोर्डर आउट पोष्ट (बीओपी) को भवन निर्माणका लागि सशस्त्र प्रहरीले प्रक्रिया थालेको छ। 

सरकारले भवन निर्माणका लागि ११ करोड रुपैयाँ बजेट विनियोजना गरिदिएपछि निर्माण प्रक्रिया अघि बढाउन थालिएको हो। यसका लागि सशस्त्र प्रहरी बलले बिहीबार बोलपत्र आह्वान गरेको छ। अहिले प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली रहेको छाङरुमा भवन निर्माणपछि १६० जनाको फौज रहने गुल्म स्थापना गर्ने तयारी सशस्त्र प्रहरीको छ।

कालापानी क्षेत्रमा सशस्त्र प्रहरीको गुल्म राखिने, १६५ जना खटाइँदै

भवन निर्माणका लागि सशस्त्रले सरकारी जग्गा प्राप्त गरिसकेको छ।  यो क्षेत्रसम्म पुग्नका लागि सडक सञ्जालको समेत समस्या छ। नेपाली सेनाको फौज सडकको ट्याक खोल्नलाई घाँटी बगर क्षेत्रमा बिहीबार पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.