निको हुने ७० पुगे

|

बाँके : बाँकेका २१ जनाले कोरोनालाई पराजित गरी घर फर्किएका छन्। सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुराको आइसोलेशनमा उचाररत २१ जनाको तेस्रो पटकको कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरी उनीहरुलाई घर पठाइएको भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए।  यससँगै हालसम्म कोरोनालाई जितेर घर फर्कनेको संख्या ७० पुगेको छ। यसअघि विभिन्‍न जिल्लाबाट ४९ जना निको भएर घर फर्किसकेका छन्

उनीहरुलाई कोरोना विशेष आइसोलेशन अस्पताल र भेरी अस्पतालका चिकित्सकले फूलमाला र खादा ओढाएर शुक्रबार अस्पतालबाट बिदाइ गरेको उनले बताए। नेपालगन्जमा पहिलो पटक फेला परेका कोरोना संक्रमित ६० वर्षीय पुरुष पनि डिस्चार्ज भई घर फर्किएका छन्। उनीसहित नेपालगन्ज उपमहानगरपालिका–८, जोलाहनपुर्वाका २० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्।

उक्त अस्पतालमा नेपालगन्जका २५ जनाको उपचाररत थिए। बाँकीको  समय नपुगेकोले केही दिनपछि कोरोना परीक्षण गरी डिस्चार्ज गरिने उनले बताए। उनीहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको डा. थापाले बताए। 

नेपालगन्जमा पहिलो पटक वैशाख १९ गते ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो। भने, कन्ट्रयाक्ट ट्रेसिङको आधारमा स्वाब परीक्षण गर्दा २३ वैशाखमा एकैसाथ २२ जनामा कोरोना पुष्टि भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.