दैलेखका संक्रमितलाई जंगलको बीचमा रहेको विद्यालयमा राखियो

|

दैलेख : कर्णाली प्रदेशका पहिलो कोरोना संक्रमित दैलेखको आठबिस नगरपालिका १ का ३५ वर्षीयालाई उपचारको साटो जंगलमा राखिएको छ। जसका कारण कर्णाली सरकारको सर्वत्र विरोध भइरहेको छ। 

कर्णाली सरकारले प्रदेशका १० वटा जिल्लामा कोरोना संक्रमित फेला परे उपचारका लागि राख्न भनी विभिन्न अस्पताल तयार गरेको छ। राजधानी सुर्खेतमा प्रदेश अस्पताल कालागाउँ, मिसन अस्पताल चौरजहारी रुकुम, कर्णाली विज्ञान स्वास्थ्य प्रतिष्ठान जुम्लालाई कोरोना भाइरस विशेष अस्पताल घोषणा गरिएको छ। तर दैलेखमा फेला परेका ती संक्रमितलाई भने जंगलको बीच रहेको विद्यालयमा राखिएको छ। 

डब्ल्युएचोको मापडण्डविपरीत बिरामीलाई राखियाे

आठबिस नगरपालिकाकी उपप्रमुख दीपा बोहोराले विज्ञप्ति सार्वजनिक गदै संक्रमितलाई जंगलका बीच राखिएको भन्दै विरोध जनाएकी छन्। उनले यस कार्यलाई विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ)को  मापडण्डविपरीत भएको भन्दै गम्भीर असहमति जनाएकी हुन्। 

संक्रमितलाई उपचार गर्ने क्रममा संघीय र प्रदेश सरकारको समन्वयमा जिल्ला सदुरमुकामछेउको जंगलमा राखिएको हो। प्रदेश सरकारको यस कार्य खेदजनक भएको बोहोरोको विज्ञप्तिमा उल्लेख छ। 

कोही जंगलमा कोही हेलिकप्टरमा 

दैलेखमा देखिएका कोरोना संक्रमितलाई उपचारमा भेदभाव भएको आफन्त र तिनका परिवारले आरोप लगाएका छन्। बोहोराले विज्ञप्तिमार्फत भनेकी छन्– आफ्ना परिवारका सदस्य, पार्टी कार्यकर्ता आफ्ना निर्वाचन क्षेत्रका मानिसलाई भने गाडी र हेलिकप्टर बुकिङं गरिन्छ, यो भने विभेदकारी, अन्यायपूर्ण, गैरजिम्मेवारी कृत्य हो।’ 

रोगले जात हेर्दैन : सांसद 

दैलेखबाट प्रतिनिधि सभा समानुपातिक सांसद पार्वती बिसुुन्खेले कर्णालीका पहिलो कोरोना संक्रमितलाई उद्धारमा ढिलाइ गरिनुको राज जातियता भएकाले रोगले जात नहेर्ने बताएकी छन। दलित भएकै कारण संक्रमितलाई उद्धारमा ढिलाइ भएको उनले आरोप लगाएकी छन्। संक्रमितलाई जिल्ला सदरमुकाम ल्याउन ३८ घण्टा लागेको थियो। 

उपचारमा कुनै कसरत बाकी राख्दैनौं : मन्त्री

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले प्रदेशमा फेला परेका पहिलो कोरोना संक्रमितको उपचारमा कुनै कसुर बाँकी नराख्ने बताएका छन्।संक्रमितको अवस्था बुझ्न दैलेख आएका उनले जातको नभई रोगका आधारमा उपचार हुने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.