|

सिन्धुपाल्चोक : कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकी महिलाको सम्पर्कमा रहेका १ सय ८७ जनामा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ।

गत हप्ता कोरोना भाइरस संक्रमणबाट बाह्रिबसे ९ की एक सुत्केरीकाे मृत्यु भएपछि नमुना संकलन गरी परीक्षण गरिएको थियो। १ सय ९७ संकलित नमुनामध्ये १ सय ८७जनाको रिपोर्ट प्राप्त भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

मृतक महिलाकाे ‘कन्ट्राक्ट ट्रेसिङ’ गरी स्वाब संकलन गरिएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णराज तिवारीले जानकारी दिए। ‘मृत्यु भएकी महिलाको प्रत्यक्ष सम्पर्कमा १ सय ९७ जना रहेको पाइयो र सबैको परीक्षण गरिएको छ,’ सूचना अधिकारी तिवारीले भने, यसअघि ५४ र आज १ सय ३३ जनाको रिपोर्टमा संक्रमण देखिएको छैन।’

उनले परिवारका सबै सदस्यको कोरोना परीक्षण सकिएको र कसैमा पनि संक्रमण नरहेको जानकारी दिए । पहिलो चरणामा ५४ र आज शुक्रबार १ सय ३३ जनाको रिपोर्ट नेगेटिभ आएको छ। अझै  ८ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.