विश्व

पाकिस्तानमा चालक दलसहित १ सय ७ यात्रु बाेकेकाे विमान दुर्घटना

जेठ ९, २०७७

    एजेन्सी : पाकिस्तानको व्यापारिक राजधानी कराँचीमा यात्रुवाहक विमान दुर्घटना भएको छ।

    पाकिस्तानको राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको उक्त विमान कराँची विमानस्थलमा अवतरण गर्नुअघि दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    विमान दुर्घटनास्थलमा धुँवाको मुस्लो देखिएको बताइएको छ। दुर्घटनामा के कति हताहति भए भन्ने विवरण आउन बाँकी रहेको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।

    पाकिस्तानमा कोरोना भाइरसको संक्रमणका कारण जारी लकडाउनपछि पुनः हवाई उडान सुरु भएको थियो। विमानमा चालक दलका सदस्यसहित १ सय ७ जना सवार रहेका थिए।

    जसमा ९९ जना यात्रु र बाँकी चालदलका सदश्य रहेको बताइएको छ। स्थानीय समयअनुसार आज दिउँसा १ बजे लाहोरबाट उक्त जहाजले कराँचीका लागि उडान भरेको थियो। पाकिस्तानमा यसअघि सन् २०१० को जुलाई २८ र २०१२ को अप्रिल २० मा विमान दुर्घटना भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]