|

बाँके : बाँकेमा कोरोना संक्रमितको संख्या ११५ पुगेको छ। शुक्रबार मात्रै १४ जना नयाँ संक्रमित थपिएका हुन्।

यस जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकाका साथै नरैनापुर, खजुरा र राप्ती सोनारी गाउँपालिकामा कोरोना संक्रमित फेला परेका छन्। यी स्थानीय तहहरुमध्ये नरैनापुरमा मात्र ८७ जना संक्रमित छन् । 

यस्तै, नेपालगञ्जमा २५, खजुरामा दुई र राप्तीसोनारीमा एक जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।

बाँकेका संक्रमितमध्ये २१ जना शुक्रबार निको भएर डिस्चार्ज भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.