काठमाडौं : कोरोना भाइरस संक्रमित काठमाडौंका ३५ वर्षीय पुरुष धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत रहेको खुलेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले शुक्रबार थपिएका संक्रमित काठमाडौंका संक्रमित व्यक्ति ग्राण्डी अस्पतालमा उपचाररत भएको पुष्टि गरे। तर, अन्य बाँकी विवरण आइनसकेको उनले बताए।
यस्तै, शुक्रबार संक्रमण पुष्टि भएको मकानपुर स्थायी ठेगाना भएकी महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा टान्सप्लान्ट सेन्टरमा उपचाररत बिरामीमा संक्रमण भएको थियो।
नेपालमा अहिलेसम्म ५४८ जनामा कोरोना संक्रमण देखिएको छ। ७० जना भने उपचारपछि निको भएर घर फर्किसकेका छन्। कोरोनाबाट अहिलेसम्म ३ जनाको ज्यान गएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।