'मापदण्डका सबै सेवा पुर्‍याएका छौँ'

|

काठमाडौं : राजधानी काठमाडौंमै स्थापित क्वारेन्टाइनमा बसाइ असहज भएको गुनासो बढेको छ। कोरोना भाइरस संक्रमण आशंका गरिएका तथा द्रुत परीक्षणमा पोजेटिभ भई क्वारेन्टाइनमा बसेका नागरिकहरुले क्वारेन्टाईनमा आवश्यक सुविधा नरहेकोले आफूहरुलाई समस्या परेको गुनासो गर्न थालेका छन्।

चन्द्रागिरि नगरपालिकाले सञ्चालन गरेको निर्माणाधीन मनमोहन अस्पतालमा सञ्चालन गरेको क्वारेन्टाइनमा शौचालय र पानीको समस्या रहेको त्यहाँ बस्नेहरुले जनाएका छन्। आरडीटी पोजेटिभ आपछि तीन दिनदेखि क्वारेन्टाइनमा बस्दै आएकी चन्दागिरि ३ की एक महिलाले क्वारेन्टाइनमा समस्या रहैको बताएकी हुन्। ‘तीन दिनदेखि हामी शौचालयको समस्या भोग्दै आएका छौँ,’ ती महिलाले भनिन्, ‘शौचालय जाम भएको रहेछ, अझै त्यस्तै छ।’ उनले पानीको समस्याका कारण मुख धुनसमेत राम्रोसँग नपाएको गुनासो गरिन्। पानी र शौचालयको समस्या हुँदा क्वारेन्टाइनमा बस्ने महिलाहरु झनै समस्यामा परेको बताइन्।

उनले पहुँचवालाको  पिसिआर पहिले गर्ने र अरूको कम वास्ता गरेकोमा समेत गुनासो गरिन्।

मापदण्डका सबै सेवा पुर्‍याएका छौँ

तर, क्वारेन्टाइन सञ्चालनमा मापदण्ड पुर्‍याएको  चन्द्रागिरि नगरपालिकाले जनाएको छ। ‘मापदण्डमा भएका सवै व्‍यवस्था गरेका छौँ,’ चन्द्रागिरि नगरपालिका क्वारेन्टाइन व्‍यवस्थपन संयोजक तथा चन्द्रागिरी ८ का अध्यक्ष सन्तोष खड्काले भने, ‘केही समस्या होलान्, यसको तत्काल समाधान गर्छौं।’

अध्यक्ष खड्काका अनुसार चन्द्रागिरिमा ६३ जना क्वारेन्टाइनमा बसेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.