|
फाइल फोटो

डडेल्धुरा : डडेल्धुरा अस्पतालमा उपचार गराउन आएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका चार चिकित्सकसहित ७ जनालाई क्वारेन्टाइनमा राखिएको हो।

डडेल्धुराको परशुराम नगरपालिका–१० का २८ वर्षीय ती युवकमा शुक्रबार कोरोनाको संक्रमण रहेको पुष्टि भएको थियो। डडेल्धुरा अस्पतालमा स्क्रब टाइफसको उपचार गराउन आएका युवकलाई स्क्रव टाइफसको उपचार गरी घर फर्केका थिए। उक्त युवको स्वाब सकंलन परीक्षणपछि कोरोना पोजिटिभ देखिएको थियो। स्वाब संकलनमा खटिएका चिकित्सक र अन्य स्टाफहरूलाई क्वारेन्टाइनमा राखिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले जानकारी दिए।

डडेल्धुरा अस्पतालमा जेठ ६ गते उपचार गराउन आएका युवकामा स्क्रब टाइफस देखिएको अस्पालले जनाएको छ। स्वाब सकंलन पश्चात युवकलाई घरमै आराम गर्न सुझाउँदै अस्पतालले स्क्रब टाइफसको उपचार गरी घर पठाइएको थियो। ‘ती युवकमा ज्वरो आएको थियो। हामीले त्यही बेला स्वाब संकलन गरेका थियौं। त्यो बेला उनमा स्क्रब टाइफस पोजेटिभ देखाएको थियो। हिजो कोरोनाको संक्रमण पुष्टि भएको छ।’ निमित्त सुपरिटेन्डेन्ट विष्टले भने ‘त्यसैले उहाँको उपचारमा संलग्न चिकित्सक र अन्य स्टाफहरूलाई अस्पातलकै क्वाटरमा बसिरहनुभएको छ।’

चार चिकित्सक र अन्य तीनजना स्टाफको शनिबार थ्रोट स्वाब संकलन गरिने उनले जानकारी दिए। कोरोना संक्रमित युवकको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

थ्रोट स्वाब संकलन हुँदै

संक्रमित युवक बस्ने आवास तथा चार सरकारी कार्यालय सिल गरिएको डडेल्धुरा प्रहरीले जनाएको छ। संक्रमितसँगै आवास बस्ने तथा अन्य कर्मचारी र स्वास्थ्यकर्मीहरूको शनिबार थ्रोट स्वाब संकलन हुने स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।

यस्तो छ युवकको ‘ट्राभल हिस्ट्री’

उनी डडेल्धुराको सरकारी कार्यालयमा कार्यरत कर्मचारी तथा परशुराम नगरपालिका वडा नं. १० का स्थायी वासिन्दा हुन्। वैशाख १५ गते घर पुगेर २७ गते फर्किएर २८ गते कार्यालयमा हाजिर भएको, २८ गतेदेखि जेठ ५ गतेसम्म कार्यालयमा काम गरेको, योजनाको सम्झौता तथा अन्य काममा सहभागी भएको, जेठ ६ गते ज्वरो आएपछि डडेल्धुरा अस्पताल गएर चेकजाँच गराइएको।

अस्पतालमा चेकजाँच गर्दा स्क्रब टाइफस देखिएको र अस्पतालले औषधि दिएको, सोही दिन अस्पतालले कोरोनाको आशंकामा उनको थ्रोटस्वाब संकलन गरेको, औषधि लिएर कार्यालयको निवासमा फर्किएको र शुक्रबारसम्म कार्यालय भित्रका काम गरेको, शुक्रबार धनगढी प्रयोगशालामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको। कोरोना नहोला भन्ने सोचेर कार्यालयको निवासमा बसेको।

कोरोना ‘पोजेटिभ’ छ भन्दा अहिलेसम्म विश्वास नमानेको। आफ्नो पिसिआर चेकजाँच काठमाडौंमा गर्नुपर्ने माग राखेको। अहिले डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा रहेको। कोरोना संक्रमित युवकको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.