राजनीति

झुलाघाटमा सशस्त्रको बिओपी, इन्सपेक्टरको नेतृत्वमा ३५ जना रहने

जेठ १०, २०७७

    बैतडी : बैतडीमा पहिलोपटक  सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ। नेपाल–भारत सिमानाका जिल्लाको झुलाघाटमा आज शनिवार (बिओपी)को औपचारिक उद्घाटन भएको हो।  सुदूरपश्चिम सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथाकीले उक्त बिओपीको उद्घाटन गरेका हुन्।  

    उद्घाटनका कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक बुढाथाकीले बिओपी स्थापनाले सीमा निगरानी हुनेमा जोड दिए। बिओपीले सीमा सुरक्षाका लागि चौबिसैं घण्टा सुरक्षा दिने जनाईएको छ। बिओपी स्थापनापश्चात सीमा निगरानीका साथै राजश्व संकलनमा बृद्धि हुनुका साथै  सबैखाले सीमा अपराधिक क्रियाकलाप नियन्त्रण हुने विश्वास व्यक्त गरे।

    जिल्लाको एकमात्र औपचारिक नाका रहेकोले अवैध राजश्व चुहावट नियन्त्रण गर्ने, भारतीय सुरक्षाकर्मी समन्वय गरि संयुक्त गस्ती गर्ने, सीमा सुरक्षा निगरानी , समन्वय सुरक्षा गर्ने जनाईएको छ।  सशस्त्र प्रहरी निरिक्षकको नेतृत्वमा बिओपी बस्ने भए पनि हाल सशस्त्र प्रहरी नायव निरीक्षकको नेतृत्वमा टोली बसेको छ। 

    आफ्नो भवन नहुँदा बिओपी अहिले घर भाडामा लिएर बसेको  सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक अमित सिंहले बताए।  हाललाई भाडाको घरमा बस्ने भए पनि जग्गा प्राप्तीको प्रक्रियामा रहेकोले निकट भविष्यमै आफ्नो भवनमा बस्ने जनाइएको छ।

    इन्सपेक्टरको नेतृत्वमा ३५ जना रहने

     बैतडीका पञ्चेश्वर गाउँपालिकाको रोलघाटमा बिओपी स्थापना हुने भनिए पनि उक्त क्षेत्रमा हाल पोष्ट खडा गरिएको छ। पञ्चेश्वर बहुउद्देश्यिय परियोजनाको सुरक्षार्थ  स्थापना गरिएको पोष्टलाई नै निकट भविष्यमा त्यसलाई नै बिओपीमा रुपान्तरण गरिने जनाइएको छ। पञ्चेश्वरमा पनि जग्गा प्राप्तिको प्रक्रियामा रहेको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीले जनाएको छ। बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली रहने जनाइएको छ। 

    बिओपी स्थापना भएपछि सीमा सुरक्षाका लागि सजिलो हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए।  बैतडीमा भारतसँग सीमा जोडिएको  ६१  किलोमिटर क्षेत्र रहेको छ। 

    कोरोना भाइरससँग लडिरहेको सरकारले सशस्त्र प्रहरीलाइ देशभरीका भारतसँग सीमा जोडिएका क्षेत्रमा खटाइसकेको छ। सीमा परिचालन गरिएका सशस्त्र प्रहरीलाई स्थायी रुपमा विओपी स्थापना गरि परिचालन गर्न लागेको हो। हाल सीमामा देशभर १२१ बिओपी रहेका छन् भने सरकारले भारतसँग सीमा जोडिएका क्षेत्रमा पाँच सय पुर्‍याउने तयारी गरेको छ।

    नेपालतर्फको सीमा नाकामा भारतको ५३० बिओपी रहेका छन्। नेपाल सरकारले पनि सोहि अनुपातमा बिओपी थप्ने तयारी गरेको हो। कोरोना संक्रमणका कारण सीमा सिलपछि विस्तार गरिएका अस्थायी पोष्टलाई बिओपीमा रुपान्तरण गर्ने सरकारी तयारी रहेको हो ।

विनोद सिंह विष्ट

विष्ट थाहा खबरका बैतडी समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]