|

संखुवासभा : शुक्रबार दिउँसो थप उपचारका लागि संखुवासभाबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी खाँदबारी नगरपालिका–६ पांठाकी सुत्केरी गंगा कार्कीको मृत्यु भएको छ। 

उपचारका क्रममा शुक्रबार राति ११ बजे थापाथली मृत्यु भएको खाँदबारी अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्यले बताए। सुत्केरी कार्कीको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि शुक्रबार ४ बजे थापाथली प्रसूति गृहमा लगिएको थियो।

प्रसव पीडाले च्यापेपछि कार्की चैत ४ गते जिल्ला अस्पताल खाँदबारी अस्पतालमन सुत्केरी हुन भर्ना गराइएको थियो। तर उनको पेटमा रहेको बच्चा अप्ठ्यारो गरेर बसेको भिडियो एक्सरेबाट थाहा पाएपछि जिल्ला अस्पताल खाँदबारीले नोबेल अस्पताल बिराटनगर रिफर गरेको थियो। 
सुत्केरी कार्कीको नोबेल अस्पतालमा अप्रेसन गरेर मरेको बच्चा निकालिएको थियो। 

शुक्रबार मृत्यु हनु भएकी कार्कीको स्वाब परीक्षण रिपोर्ट आएपछि पशुपति आर्यघाट काठमाडौंमै दाहसंस्कार गरिने खाँदबारी अस्पतालका अध्यक्ष शाक्यले जानकारी दिए।                      

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.