|

धादिङ : रोजगारीका क्रममा भारतमा रहेका २ सय १७ जना शनिबार बिहान धादिङ आइपुगेका छन्। शुक्रबाुर बेलुका सुनौली नाकाबाट १ सय ३३ जना र  रुपन्देहीका विभिन्न क्‍वारेन्टाइबाट ८४ जना छन्।

रुपन्देहीका ८८ जना लिन नीलकण्ठ नगरपालिकाले चार वटा बस पठाएको थियो। सुनौली नाकाबाट १ सय ३३ जना आफ्नै खर्चमा आएका हुन्। भारतको विभिन्न स्थानबाट सुनौली नाका आएका हजारौं नेपाली सीमामा अलपत्र पर्ने क्रम बढ्न थालेपछि रुपन्देही जिल्ला प्रशासन कार्यालयले सम्बन्धित जिल्ला प्रशासनसँग समन्वय गरेर उनीहरुलाई आआफ्नो जिल्ला पठाएको हो। 

सुनौली नाकाबाट जिल्ला भित्रिएका मध्ये नीलकण्ठ नगरपालिकाका १२ जना वालबालिकासहित ७९ जना, सिद्धलेक गाउँपालिका २३ जना, नेत्रावती डबजोङ गाउँपालिका ११ जना र ज्वालामुखी गाउँपालिकाका २ जना छन्। 

धादिङको टोलीसँगै नुवाकोट जिल्लाका विभिन्न स्थानका १६ जना पनि सँगै आएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। लकडाउनले रोजगारी गुमेर अलपत्र भएपछि उनीहरु भारतका विभिन्न स्थानबाट सुनौली नाका आइपुगेका थिए। भारतबाट सीधै आएकाहरु क्‍वारेन्टाइनमा पनि नबसेका र आरडिटी परीक्षण पनि नभएकाले ती सबैलाई जिल्लाका विभिन्न स्थानका क्‍वारेन्टाइनमा अनिवार्य  राखिने धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए।  

नीलकण्ठ नगरपालिकाले बस पठाएर ल्याएका ८४ जना मध्ये २० जना नुवाकोटका, १० जना नेत्रावती डबजोङ र ३ जना गल्छी गाउँपालिका छन्। बाँकी नीलकण्ठ नगरपालिका हुन्। उनीहरु सबैको आरडिटी नेगेटिभ आएको र क्‍वारेन्टाइनमा बसेर आएकाले वडा कार्यालयसँग समन्वय गरी घर पठाइने नीलकण्ठ नगरपालिकाले जनाएको छ। 

यसैगरी सिद्धलेक गाउँपालिकाले पनि भारतीय सिमानामा क्‍वारेन्टाइनमा बसेका २३ जनालाई घर ल्याएको छ। यसअघि नीलकण्ठले बस पठाई भैरहवाबाट जेठ ६ गते गल्छी गाउँपालिकाका ६ जनासहित ३८ जनालाई घर ल्याएको संकट व्यवस्थापन केन्द्र (सिएमसी) धादिङले जनाएको छ। 

सुनौलीबाट काठमाडौं आएको बसमा बिहीबार र शुक्रबार ३÷३ जना नेत्रावतीका नागरिक हुन्। उनीहरुलाई मलेखुबाट सीधै नेत्रावतीले गाउँ पु¥याएको गाउँपालिका अध्यक्ष दुर्गकुमार शाक्यले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.