|

सल्यान : जिल्ला अस्पताल सल्यानमा खानेपानीको अभाव भएको छ। पानीको अभाव भएपछि सरसफाइमा समस्या देखिएको छ। पानीको अभावमा अस्पतालको शौचालयको दुर्गन्ध बाहिरसम्म फैलिएको छ।

दैनिक शल्यक्रिया तथा अन्य सरसफाइका लागि पानीको अभाव भएपछि अस्पतालमा दुर्गन्धित भएको जिल्ला अस्पताल सल्यानले जनाएको छ। ‘हप्तामा एक–दुई पटक दुई घण्टामात्र आपुर्ति हुने खानेपानीले अस्पतालको मागको १० प्रतिशतसम्म पनि धान्न सक्दैन,’ जिल्ला स्वास्थ्य प्रमुख डा. मनिषा रावलले भनिन्,‘अस्पतालमा अहिले दैनिक जसो शल्यक्रिया हुन्छ। शल्यक्रियापछि सरसफाइका लागि पनि धेरै पानी चाहिन्छ। तर अहिले त सबैलाई पिउने पानी समेत पुग्दैन,’ उनले गुनासो गरिन्।  
अस्पतालमा पानीको आपूर्ति सहज भएमा फोहोर व्यवस्थापन गर्न समस्या नहुने उनको भनाइ छ।

पानीकै अभावमा अस्पताल दुर्गन्धित हुँदा रोगहरु फैलने समस्या बढ्ने खतरा उनले औल्याइन्। अस्पताल सफा राख्‍न बिरामी स्वयंम् सचेत हुनुपर्ने उनको भनाइ छ। 'पानीको अभावले एकतिर समस्या छ। अर्कोतर्फ बिरामीहरुले समेत लापरबाही गरेका छन्। बिरामीहरुले शौचालयमा प्याड समेत फाल्ने गरेकोले फोहोर देखिएको हो,' उनले भनिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.