बाँकेमा संक्रमितको संख्या १४२ पुग्यो

|

बाँके : बाँकेमा शनिवार २७ जना कोरोना संक्रमित थपिएका छन्। देशभर ३६ जना नयाँ संक्रमित भेटिएकोमा बाँकेका २७ जनामा कोरोना पुष्टि भएको हो। 

नरैनापुर गाउँपालिका–१, स्थित मदरसाका ६ जनामा कोरोना देखिएको छ। सोही गाउँपालिका–३, स्थित विद्यालय क्वारेन्टाइनमा रहेका १५ जना र वडा नं. १ स्थित विद्यालयमा रहेको क्वारेन्टाइनका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सँगै नरैनापुरमा कोरोना संक्रमितको संख्या एक सय १४ पुगेको छ। बाँकेमा संक्रमितको संख्या एक सय ४२ पुगेको छ। 

बाँकेमा शुक्रवार १४ जना कोरोना संक्रमित फेला परेकोमा १३ जना नरैनापुरका छन्। संक्रमितलाई लिन गएको स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोलीलाई स्थानीयले अवरुद्ध गरेपछि १२ जना संक्रमित क्वारेन्टाइनबाट भागेका थिए। 

भागेका मध्ये ११ जनालाई तत्कालै नियन्त्रणमा लिएर रातको १२ बजे नेपालगन्ज ल्याइएको थियो। भने एक जनालाई भारत छिर्ने प्रयास गर्दा नेपाल–भारत सीमा नाकाबाट नियन्त्रणमा लिएर नेपालगन्ज ल्याइएको छ। ती संक्रमितलाई सीमा नाकामा रहेको आँप बगियामा लुकेर बसेको अवस्थामा प्रहरीले फेला पारेको थियो।

नेपालमा ५ सय ५ पुरुषर ७९ जना महिलासहित कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ।  
 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.