ह्याकरहरु भिड्दा बढ्यो सुरक्षा चुनौती
ह्याकरहरु भिड्दा बढ्यो सुरक्षा चुनौती
काठमाडौं : छिमेकी मुलुक भारतले पहिलोपटक नेपालको भू-भाग लिम्पियाधुरासहितको नक्सा गत नोभेम्बरमा सार्वजनिक गरेको थियो। त्यसबेला नेपालको विरोधको बेवास्ता गरेको उसले लिपुपलेक हुँदै चीनको कैलाश मानसरोवर जाने सडक पनि उदघाटन गरिसकेको छ।
भारत सरकारले नेपालको भूभागमा पर्ने जमिनमा बाटो खोलेपछि नेपाललाई पनि नयाँ नक्शा सार्वजनिक गर्न दबाब बढेको थियो। सरकारले यसै साता ती तीनै भूभाग समेटेर नयाँ नकसा औपचारिक रुपमा सार्वजनिक गरिसकेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक गरि सकेकी छिन्।
नेपाल र भारतबीचमा सीमा विवाद अहिले सामाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यममा छरपस्ट भइसकेको छ। नेपालले नक्सा निकालेपछि भारतले त्यसलाई अस्वीकार्ने बताइसेको छ। नेपाली भूमिलाई आफ्नो पुष्टि गर्दै क्षुद्र गाली गर्ने तहमा भारतीय मिडिया उत्रिएका छन्।
सीमा विवाद चलिरहेकोअवस्थामा अहिले दुई देशका प्राविधिक समूहबीच नयाँ विवाद सिर्जना भएको छ। भारत र नेपालबीच सीमा विवाद चर्किरहँदा एकापसमा साइबर हमला पनि सुरु भएको छ।
Here you go! Tons 2+GBs AdharCards 😈
— SATAN (@satan_cyber_god) May 22, 2020
More coming...https://t.co/hkjgXDuOb8 #BackOffIndia #backoffindiamedia
Greetings: @ETERNALBrahma @Omsec5
भारतका केही सरकारी वेबसाइटहरुमा आफूलाई नेपाली ह्याकर बताउने समूहले आक्रमण गर्न भ्याइसकेका छन्। अर्कातिर नेपाली वेबसाइटहरुलाई भारतीय ह्ययाकर बताउने 'इन्डियन साइबर ट्रुप्स'ले निशाना बनाइरहेकाव छ।
नेपालका केही सरकारी वेबसाइटहरू ह्याक गर्दै आएको सैतान नामको नेपाली ह्याकरको निशाना अहिले भारतीय वेबसाइटहर बनेका छन्। सुरुमा यो समूहले नेपाली नायिका मनीषा कोइरालाविरुद्ध भद्दा टिप्पणी गरेको भारतीय टिभी एबिपी न्यूजको साइटमा आक्रमण गरेको थियो।
जसमा नेपाली ह्ययाकरको समूहले एबिपी न्यूजका कतिपय गोप्य दस्तावेजहरु लिक गरिएको छ। टवीटर ह्ययान्डलमा एबिपी न्यूजका विवरण सार्वजनिक गर्दै हेल्लो ‘एबिपी न्युज गुड’ भनेर टिप्पणी गरिएको छ।
‘हामी रोकिएका थियौं तर, केही केटाकेटीहरुले हाम्रो साइटलाई बिगार्न थाले। हामी बसेर हेर्न सकेनौँ। यो केवल एउटा डेमोसहितको प्रदर्शनी हो,’ सैतान नामक टवीटर ह्यान्डलमा भनिएको छ।
यो समूहले सबैभन्दा डरलाग्दो त भारतीय नागरिकका लाखौं आधार कार्डको विवरण पनि ह्ययाक गरेका छन्। ह्याकरहरूको समूहले ७ करोड आधार कार्डको विवरण ह्याक गरेको दाबी गरेका छन्। उनीहरूले सार्वजनिक गरेको ‘स्याम्पल फाइल’ मा भने २१४५ जनाको आधार कार्ड विवरण छ।
हल्ला सुनेपछि सर्तक छौँ : प्रहरी प्रवक्ता
नेपाल प्रहरीका प्रवक्ता डीआईजी निरजबहादुर शाहीले यसबारेमा आफूले पनि केही कुरा सुनेको जानकारी दिए। यद्यपी यसबारेमा अहिलेसम्म जुरी परिनसकेको
प्रवक्ता शाहीले जानकारी दिए। कसैले यसबारेमा उजुरी दिएमा छानबिन गर्न सकिने उनले बताए। ’यस विषयमा नेपाल प्रहरी सर्तक छ। यस्तो अवस्थामा नेपाल प्रहरीले अनुसन्धान मात्र गर्न सक्छ', उनले थाहाखबरसँग भने
ह्ययाकर मौकाको पर्खाइमा
एक्काइसौँ शताब्दीको सबैभन्दा ठूलो चुनौती साइबर हमला रहेको नेपाल प्रहरीका पूर्वएआइजी देवेन्द्र सुवेदी बताउँछन्। नेपालमा भर्खरै देख्दा नौलो जस्तो लाग्ने गरेको उनको भनाइ छ।
Dear Nepali Brothers After peace agreement why you started this again?
— INDIAN CYBER TROOPS ❁ (@INDcybertroops) May 23, 2020
Why ?
Why you are provoking Indian Hackers?
There Are so many Hacking Teams Are In India and If They started then?
ICT will not anything but Other Teams Can Do anything
why are you spreading hate?
🇳🇵🚩
'नेपालमा सार्कस्तरीय सम्मेलनताका पनि यस्तो घटना भएको थियो', उनले भने, 'त्यसबखत सरोकारावाला निकायले त्यस आक्रमणलाई निष्क्रिय पार्न सफल भएका थियौँ। सरकारी वेबसाइट ह्ययाक गरेर जथाभावी सन्देश पठाएका थिए तर हामी रोक्न सफल भयौँ।'
अहिले पनि विषम परिस्थतिको फाइदा उठाउँदै कसैले केही गर्न खोजेको हुन सक्ने उनले बताए। 'ह्ययाकर सधैँ अवसरको खोजी गरिरहेका हुन्छन्', उनले भने, 'त्यसैले अहिलेको समय उनीहरुका लागि उपयुक्त मौका हुन सक्छ।'
प्रविधिको विश्वव्यापी विकाससँगै समस्या पनि आइरहने उनले बताए। ’सुरक्षाको दृष्टिकोणले अलिक चुनौतीपूर्ण बनेको छ। साइबर सुरक्षामा जुन खर्च गर्नुपर्ने हो त्यसमा नेपालले गर्न सक्दैन', उनले भने, 'निजी क्षेत्रले सक्छन तर त्यस विषयमा पनि सरकारी तहबाटै स्पष्ट मापदण्डसहितको कानुन निमयको निर्माण हुनुर्छ।' अहिलेको समयमा ह्ययाकरहरु बढेर प्रतिष्पर्धी रुपमा बाहिर आइरहेको उनले बताए।
नेपाली ह्ययाकर सक्षम छैनन्
अहिलेको यो साइबर हमला सीमा विवादपछि सुरु भएको भैरव टेक्नोलोजिका साइबर सेक्युरिटी प्रमुख आशीष जिशीले बताए। भारतीय ह्ययाकरले नेपालका सरकारी कार्यालयका वेबसाइट ह्ययाक गरेकाले नेपाली ह्ययाकरले पनि यस्तो गरेको हुन सक्ने उनले जानकारी दिए। 'जुन अहिले साइबर हमला सुरु भएको छ, यसलाई अन्तर्देशीय द्बन्द्ब सुरु भएको पनि बुझ्न सकिन्छ', उनले भने।
We've talked to NEPALI hackers and Now we are going to Stop attacks From ICT
— INDIAN CYBER TROOPS ❁ (@INDcybertroops) May 22, 2020
we are brothers 🇳🇵🇮🇳
Establish PEACE
Don't loose brotherhood Of India Nepal for small issues
Just leave everything on Our Governments #JaiHind🇮🇳 #Jai_Nepal🇳🇵
दुवैतर्फका ह्ययाकारहरु भावनामा आएर ह्ययाकिङमा उत्रिएको जिसिले बताए। ’अहिले पनि नेपालको सरकारी वेaसाइटहरु मजबुत छैनन्', उनले भने, 'निजी क्षेत्रका अलिक बलियो छन्। ह्ययाकरहरुले चाहेभने जस्तोसुकै वेबसाइट ह्ययाक गर्न सक्छन्।'
दुई देशबीच विवाद चुलिँदै गयो भने नेपालका व्यक्तिगत विवरण,निजी क्षेत्रका वेबसाइट र बैकीङ प्रणाली ह्ययाक हुन सक्ने उनले सुनाए। नेपालबाट साइबर हमला गर्न पर्याप्त जनशक्ति र क्षमता पनि नभएको उनले स्वीकारे।
'भारतमा धेरै सफ्टवेयर डेभलपर छन्। तिनीहरुको तुलनमा नेपालमा धेरै कम गर्न सकिन्छ', उनले भने, 'सबै कार्यालयले आफ्नो वेबसाइटको नेटवर्क मजबुत बनाउनुको विकल्प हामीसँग छैन।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।