पर्सा : वीरगन्जको नारायणी अस्पतालबाट कोरोना जितेर ९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
नारायणी र गण्डक अस्पतालमा उपचारार्थ ९६ जना संक्रमितमध्ये शनिबार ९ जना डिस्चार्ज भएका नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. मदन कुमार उपाध्यायले थाहाखबरसँग बताए। उनीहरु पर्साका ३, रौतहटका ३, बाराका २ र एक भारतीय गरी ९ जना छन्।
नारायणी अस्पतालमा ७१ जनाले कोरोना उपचार गराइरहेका थिए। नारायणी अस्पतालकै नामले संचालित गण्डक अस्पतालमा भएका २५ जना भने उपचाररत छन्। दुवै अस्पतालमा गरी अब ८७ जना संक्रमित रहेका अस्पतालले जनाएको छ।
नारायणी अस्पतालमा मात्र अब ६२ जना संक्रमित उपचाररत छन्। डिस्चार्ज हुनेहरु वीरगन्ज महानगरपालिका २ का ३० वर्षीय, वडा नम्बर ३ का ५० वर्षीय, वडा नम्बर १६ का ५१ वर्षीय पुरुष छन्।
त्यसैगरी बारा सिम्रौनगढ ४ का ३१ वर्षीय, जितपुर सिमरा १ का ४३ वर्षीय पनि पुरुष नै हुन्। शनिबार डिस्चार्ज हुनेहरु रौतहट गुजरा नगरपालिका ५ का ३५ वर्षीय, इशनाथ नगरपालिकाका १९ वर्षीय, बृन्दावन नगरपालिकाका २४ वर्षीय पुरुष र तथा ४२ वर्षीय एक भारतीय पनि पुरुष नै हुन्।
तीमध्ये दुई जना गत वैशाख १४ गते डिस्चार्ज भई पुनः वैशाख २१ गते भर्ना भएका थिए। अब नेपालभर कोरोना संक्रमितको संख्या ७९ जना पुगेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।