|

मकवानपुर : जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ। सर्लाहीबाट काठमाडौं जाँदै गरेको  बा. ३७ प. ३७६४ नम्बरको मोटरसाइकल प्रहरीले मकवानपुरको सिस्नेरी वडा नम्बर २ मा जाँच गर्ने क्रममा प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको हो। 

विशेष सुराकिका आधारमा जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार रामेछाप दुरागाँउ २ बस्ने वर्ष २४ को ईन्द्र सुनार र सोही जिल्लाको मन्थली ९ बस्ने वर्ष २१ को सन्दिप थापालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट नाईट्रोभेट २८ ट्याब्लेट, डाईजेपाम २६ एम्पुल, नोफिन २७ एम्पुल र फेनारागन २७ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.