कोभिड-१९ {अपडेट}

गुल्मीका दिवंगत संक्रमितको सम्पर्कमा आएका एक जनामा देखियो कोरोना

जेठ १०, २०७७

    गुल्मी : कोरोना संक्रमणबाट मृत्यु भएका गुल्मीका शिक्षकको सम्पर्कमा आएका एक जनामा कोरोना देखिएको छ। जिल्लाको मदाने गाउँपालिका ६ पुर्कोट दहका ४१ वर्षीय शिक्षक केही दिनअघि रुपन्देहीको क्रिमसन अस्पतालमा निधन भएका थिए। 

    निधन भएका ती पुरुषको सम्पर्कमा आएका एक जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिए। 

    ती ४१ वर्षीय पुरुषको सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन गरी प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको थियो। तीमध्ये ३ जनाको रिपोर्ट भने आउँन बाँकी रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।  
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]