प्रदेश ५ मा कोरोना मुक्त हुने ३० पुगे

|

बुटवल : बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा कोरोना संक्रमणको उपचार गराइरहेका १० जना संक्रमित निको भएर एक साथ ‘डिस्चार्ज’ भएका छन्। 
निको हुने सबै कपिलवस्तुका रहेका र उनीहरु शनिबारै घर फर्किएका अस्पतालले जनाएको छ। 

दुई साताअघि अस्पताल भर्ना गरिएका संक्रमितहरुको उपचारपश्चात लगातार दुई पटकको पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो। बुुटवल धागो कारखानस्थित कोरोना विशेष अस्पतालका फोकल पसर्न तथा वरिष्ठ कन्सलटेन्ट डा. सुुदर्शन थापाका अनुसार धागो कारखानाको कोरोना अस्पतालमा रुपन्देही र कपिलवस्तुका ३६ जनाले उपचार गराइरहेका थिए।

बाँकेका खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट शुक्रबार मात्रै २१ जना संक्रमित निको भएर घर फर्किएको भोलिपल्ट बुटवलबाट ठूलो संख्यामा निको भएर घर फर्केका हुन्। 

यसअघि सोही अस्पतालबाट रुपन्देहीका पहिलो संक्रमित कोटहीमाईका २५ वर्षीय युवक पनि डिस्चार्ज भएका थिए। योसँगै प्रदेश ५ मा कोरोनालाई जित्ने व्यक्तिहरुको संख्या ३२ पुगेको छ। 

बुटवलको कोरोना अस्पतालका फोकल पर्सन डा. थापाले बिरामीलाई निको बनाएर पठाउँदा खुसी लागेको बताए। त्यस्तै प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत संक्रमणमुक्त भएकाहरुलाई बधाई दिंदै उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी,  व्यवस्थापक र अन्य सहयोगी सबैलाई बधाई दिएका छन्। 

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै २ सय ७१ छ। जसमध्ये निको ३२ जना र २ जनाले ज्यान गुमाएका छन्। लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डन डा. राजेन्द्र खनालले मानिस अनुशासनमा बस्न सके कोरोना संक्रमण रोक्न सकिने बताए। लकडाउन पालना गरेर घरमै बस्नुपर्ने र सरसफाइमा ध्यान दिनुपर्ने खनालले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.