|

बस्टन : नेपाली-भाषी भूटानी डा. लक्ष्मीनारायण ढकालको 'वासदेखि पुनर्वाससम्म' नामक संस्मरणात्मक कृति अमेरिकाको केन्टकीमा शनिबार विमोचन गरिएको छ। कोरोना भाइरस महामारीका कारण मार्च २२ का दिन लोकार्पण गर्न तयार गरिएको डा. ढकालको उक्त कृतिको विमोचन मिति सारिएको थियो।

साहित्य परिषद्, भूटानको आयोजनामा केन्टकीको लुइभिलमा भएको विमोचन कार्यक्रमलाई सुनकोश टीभीमार्फत फेसबुकमा पनि प्रत्यक्ष प्रसारण गरिएको थियो। कार्यक्रममा बनारसमा दीक्षित ढकालका गुरू सम्पूर्णानन्द विश्वविद्यालयका प्रा. हरिप्रसाद अधिकारी भारतबाट, नेपाली साहित्यकार कृष्ण धरावासी नेपालबाट, र अष्ट्रेलियाबाट यतिराज अजनबी तथा उत्तर अमेरिकाका नेपाली साहित्यकार जोडिएका थिए। साहित्य परिषद्, भूटानका अध्यक्ष साहित्यकार तथा पत्रकार गंगा लामिटारेको अध्यक्षतामा भएको कार्यक्रम परिषद्का सचिव खेम रिजालले चलाएका थिए। कार्यक्रममा पत्रकार तथा साहित्यकार भक्त घिमिरे, शिवलाल दाहाल आदिले विचार राखेका थिए भने आभाष रिखाम मगर, खगेन्द्र भण्डारी जन्तरे, मनिराम धिमाल, घनश्याम रेग्मी, डिल्लीराम आचार्यलगायत थुप्रै कविहरूले आफ्ना कवितावाचन गरे।

भूटानमा नेपालीहरू किन, कहिले र कसरी पुगे, भूटानको सम्वृद्धिमा कस्तो भूमिका निर्वाह गरे, र अन्तत भूटानबाट किन लखेटिए ? यी सबै प्रश्नहरूको जवाफ संस्मरणका रूपमा प्रस्तुत छ। सुन्तले, दागपेला भूटानमा जन्मिएका ढकालले भूटानबाट लखेटिएपछि नेपालस्थित शरणार्थी शिविरमा लामो समय बिताए, यसै बीचमा भारतबाट विद्यावारिधी गरेका छन्। भूटानी शरणार्थी तेश्रो देशमा पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका आइपुगेका हुन् । अमेरिकी सरकारले ९६ हजार १ सय ७८ भूटानीलाई पुनर्वास दिलाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.