|

बैतडी : मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र एक वर्षदेखि डाक्टरविहीन छ। स्थापना भएको १६ वर्षपछि एकजना मेडिकल अधिकृतको कोटा पाएको उक्त स्वास्थ्य केन्द्र फेरि एक वर्ष यता डाक्टरविहीन भएको हो।

स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा तल्लो सोराडका स्थानीयलाई समस्या भएको छ। लकडाउनका बेला यातायात समेत बन्द हुँदा आकस्मिक बिरामीहरुलाई सुविधा सम्पन्न अस्पतालमा पुर्याउन निकै समस्या भएको स्थानीय लक्ष्मण पार्कीले बताए।

लकडाउनको अवधिमा समेत हातखुट्टा फ्याक्चर भएका धेरै बिरामी आएको र उनीहरुलाई रेफर गर्नु परेको स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट मुकेशकान्त दयालले बताए। केन्द्रमा डाक्टर नहुँदा सीमावर्ती भारतीय बजारमा उपचारका लागि जानेहरु समेत लकडाउनका कारण जान नसकेको स्थानीय शंकर भट्टको भनाइ छ। 

लकडाउनको बेला महँगोमा एम्बुलेन्स रिजर्भ गरेर सुविधा सम्पन्न अस्पतालहरुमा पुग्नु परेको स्थानीयहरुको गुनासो छ। डाक्टरको अभावमा प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका एक्स–रे, इसिजीलगायतका मेसिनहरु प्रयोगविहीन छन्।

यस स्वास्थ्य केन्द्रमा डमेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका सर्वसाधरणले सेवा लिँदै आएका थिए। 

जिल्ला अस्पतालको एक्सरे सेवा पुनः सञ्चालनमा 

जिल्ला अस्पताल बैतडीमा एक सातादेखि अवरुद्ध रहेको एक्स–रे सेवा पुनः सञ्चालनमा आएको छ।  मेसिन बिग्रेर अवरुद्ध भएको एक्स–रे सेवा सञ्चालनमा आएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वशन्तराज जोशी जानकारी दिए 

जिल्ला अस्पतालमा इमरजेन्सी सेवा २४ सैं घण्टा, कोरोना क्लिनिक १० देखि ३ बजेसम्म र ओपिडी सेवा पनि उपलब्ध रहेको डा. जोशीले बताए। 

अस्पतालमा सेवाहरु सञ्चालनमा रह पनि कोरोना भाइरसको संक्रमण बढिरहेकाले सामान्य बिरामीलाई अस्पताल नआउन आग्रह गरेको छ । 

धेरै भिडभाड हुने क्षेत्र तथा अस्पतालमा कोरोना संक्रमणको जोखिम बढी हुनसक्ने भन्दै अस्पताल आउनुपूर्व  ०९५–५२००६५मा फोन गरेर आउन अनुरोध गरेको छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.