|

उदयपुर : चौथो रमपम उदयपुर गोल्डकपको दोस्रो दिनको खेलमा हिमालयन शेर्पा काठमाडौंले आयोजक उदयपुर-११ लाई ४-१ ले हराएको छ। खेलको ११ औं मिनेटमा शेर्पाको तर्फबाट सुरज हमालले पहिलो गोल गरेका थिए।

२२ औं मिनेटमा उदयपुरका रामु थापा मगरले १ गोल फर्काएपछि खेल बराबरीमा पुग्यो। तर, छोटो समयमै लक्ष्मी पञ्जियारले आत्मघाती गोल गरेपछि उदयपुर २-१ ले पछि पर्‍यो। खेलको ७९ मिनेटमा विदेशी खेलाडी मौसा कामागाटेले हिमालयन शेर्पालाई ३-१ को अग्रता दिलाए।

८२ मिनेटमा विश्‍वास श्रेष्ठले गोल गरेपछि हिमालयन ४-१ ले विजयी भयो। विश्‍वास खेलको म्यान अफ दि म्याच घोषित भए। प्रतियोगिताअन्तर्गत भोलीको खेल एपीएफ क्लब काठमाडौं र मोरङ- ११ बीच हुने आयोजकले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.