|

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले यो वर्षको इन्डिया प्रिमियर लिग (आईपीएल) हुने आशा कायम रहेको जनाएको छ। बीसीसीआईका सिईओ राहुल जौहरीले वर्षात मौसम सिद्धिएपछि आईपीएल हुन सक्ने संभावना रहेको बताए।

यद्धपि खेलाडीका लागि १४ दिनको क्वारेन्टाइन सर्वाधिक ठुलो चुनौतीका रुपमा रहने बताए। कोरोना भाइरसको महामारीका कारण बीसीसीआईले १४  अप्रिलमा तय भएको आइपीएल अनिश्चित कालका लागि सारिएको छ। प्रतियोगिता हुने नहुने अन्योलता भने कायम रहेको समयमा विसीसीआईका उच्च अधिकारीलेनै प्रतियोगिता बारेमा बोलेका हुन्। यद्धपि आईपीएल भने प्रतियोगिता गर्नका लागि आबश्यक समयको प्रतीक्षामा रहेको उनले बताए।

सिइओ राहुलले भने ‘आईपीएल समर्थकका लागि सर्वाधिक महत्वपुर्ण प्रतियोगिता हो। यो प्रतियोगिता अक्टोबर या नोभेम्बरमा हुन सक्ने संभावना रहेको छ। तर यो त्यति सहज भने छैन्। जब खेल्ने र समय निश्चित हुन्छ। त्यसपछि समस्या बढ्न सक्छ खास गरेर विदेशी खेलाडीका लागि १४ दिनको क्वारेन्टाइन सहज नहुन सक्छ।’

त्यसोत बिसीसीआईले आईपीएल रद्ध नगर्नुका पछि आगामी अक्टोबर र नोभेम्बरमा हुने टी–२० विश्वकप सर्ने या रद्ध हुने प्रतिक्षामा रहेको छ। प्रतियोगिता हुने संभावना कमजोर रहेकाले आईसीसीले विश्वकप रद्ध या पछि सारेमा आईपीएल नोभेम्बरमा हुने  संभावना हुन्छ। तर तोकिएकै समयमा प्रतियोगिता सुरु भएमा आईपीएल रद्ध हुने खतरा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.