|

डोल्पा : जिल्लाको काइके गाउँपालिका-१ मा पर्ने ठाँगे पाटनबाट दुईजना यार्सागुम्बा तस्कर पक्राउ परेका छन्। पक्राउ पर्नेमा छिमेकी जिल्ला रुकुम पूर्व पुथाह उत्तरगंगा गाउँपालिका १ मैकोट बस्ने २६ वर्षीय सुवजित वि.क र सोही ठेगानाका ४२ बर्षिया छाया बहादुर विक छन्।

खुल्दै नखुलेको पाटनमा लुकिछिपी प्रवेश गरेर यार्सागुम्बा संकलन गर्दै गरेको अवस्थामा प्रहरी सहायक निरीक्षक धिरेन्द्र जोशीको नेतृत्वमा खटिएको नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले १ सय पाँच थान यार्सागुम्बा पक्राउ परेका हुन् ।

उनीहरुलाई पक्राउ गरेर जिल्ला सदरमुकाम दुनै पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए।
दुबै जनालाई डिभिजन वन कार्यालयमा बुझाई थप अनुसन्धान सुरु गरिएको बताइएको छ। विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण नफैलियोस भन्दै यस बर्ष जिल्ला भरिका सम्पुर्ण यार्सा पाटनहरुमा यार्सागुम्बा संकलन प्रतिवन्ध लगाइएको छ।

बहुमूल्य जडिबुटीको रुपमा रहेको यार्सागुम्बाको अवैध चोरी निकासि रोक्न नेपाल प्रहरी,शसस्त्र प्रहरी,नेपाली सेना र सामुदायिक वनका पदाधिकारीहरुले संयुक्त गस्ती गरिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.