|

काठमाडौ‌ं : अहिले नेपाल भारत सिमा विवाद पेचिलो बनिरहेको छ। सिमा विवादका विषयमा २ देशस्तरिय बहस पनि चलिरहेको छ। सीमा अतिक्रमणकै विषयलाई समेटेर इतिहास झल्काउने गरि इतिहास बोलको गीत सार्वजनिक भएको छ। विन्दास मिडिया नेटवर्कले निर्माण गरेको इतिहास बोलको रास्ट्रिय भाव बोकेको गीत नयाँ पुस्ताले रुचाउने गरी र्‍याप शैलीमा तयार गरिएको छ ।

गीत आहा टिभि युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । पत्रकार रवीन्द्र सुबेदीले तयार पारेको शब्दमा संचारकर्मी, तथा कलाकार चिरञ्जीवी सापकोटा (जिबि चिरन), जिबेश गुरुङ र प्रवीण भट्टको आवाज रहेको छ । गीतमा नेपाली वेब सिरिज आजकालको लभका लोकप्रिय कलाकार जिबेश गुरुङले यस गीतको भिडियोलाई निर्देशन गरेका छन्। 

गीतको संगित संयोजन ओम सुनारले गरेका छन् भने यसको प्रोजेकट कोडिनेटर समीर नेपालले गरेका छन्। गीतमा प्रवीण भट्टको सम्पादन तथा छायांकन नवराज उप्रेतीको रहेको छ। यसको निर्माण संयोजक  टंक कार्की (छिमेकी) ले गरेका छन्। गीत लाई ए प्लस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। गितमा चिरञ्जीवी सापकोटा, जिबेश गुरुङ र प्रवीण भट्टको मुख्य भुमिका रहेको छ भने सहयोग भुमिकामा दिपशन परियार र बिनय सापकोटा छन्।

गीतमा इतिहासको गाथा पस्किने प्रयासु गरिएको छ । अतिक्रमित भुमि कालापानी,लिपुलेक जस्ता भूभाग लाई फिर्ता गनुृपर्छ भन्ने संदेश छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.