क्‍वारेन्टाइनमा राखिएकालाई आइसोलेसन लैजाले क्रममा स्थानीयको अवरोध

|

बाँके : कोरोनाको संक्रमण नियन्त्रणबाहिर जान लागेपछि नरैनापुर गाउँपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको छ। भारतका विभिन्न क्षेत्रमा रहेका नेपाली आउने क्रम नरोकिएपछि गाउँपालिकालाई निषेधति क्षेत्र घोषणा गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए।

नरैनापुरका विभिन्न क्‍वारेन्टाइन र मदरसाका व्यक्तिमा कोरोना देखिएको आइसोलेसनमा लैजाने क्रममा स्थानीयबाट अवरोध आएपछि अर्को सूचना जारी नहुँदासम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको उनले बताए। 

त्यहाँ एक सय १४ जना कोरोना संक्रमित फेला परेका छन्। निषेधित क्षेत्र घोषणा गरिएको नरैनापुरमा नेपाली सेनाको भैरवप्रसाद दल गणको टोली परिचालन गरिएको जानकारी गराए। निषेधित क्षेत्र घोषणा सफल बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली संयुक्त रुपमा परिचालन गरिएको छ,’ उनले भने।क्‍वारेन्टाइनमा रहेकाहरुको स्वाब संकलन र कन्ट्याक्ट ट्रेसिङमा स्वास्थ्यकर्मीलाई सहयोग गर्न निषेधित क्षेत्र घोषणा गरिएको सहायक प्रजिअ प्याकुरेलले बताए। 

आइतबार बेलुकी ८ बजेबाट घरबाट कोही निस्कन नपाउने र भारतबाट आउनेलाई पनि प्रवेश निषेध गरिएको प्रजिअ प्याकुरेलले बताए। 

‘सुरक्षाकर्मी, स्वास्थ्यकर्मीबाहेक अन्यलाई हिँड्डुलमा प्रतिबन्ध लगाइएको छ, निषेधित क्षेत्र घोषणा भएको ठाउँमा हिँड्डुल गरेको पाइए कानुनबमोजिम कारवाही हुन्छ,’ सहायक प्रजिअ प्याकुरेलले भने।

लक्षण नदेखिएका कोरोना संक्रमितलाई सम्बन्धित स्थानीय तहमा राख्ने व्यवस्था मिलाउन सबै स्थानीय तहमा ५० बेडको आइसोलेसन अस्पताल बनाउने निर्णय पनि सुरक्षा समितिको बैठकले गरेको छ।
 
त्यसैगरी आइसोलेसनलाई व्यवस्थित गर्न प्रदेश सरकारसँग २० लाख रुपैयाँ माग गर्ने र बाँकेका विभिन्न अस्पतालमा भएका एम्बुलेन्स प्रयोग गर्ने तथा उक्त एम्बुलेन्स सञ्चालनबापत लाग्ने खर्च सम्बन्धित स्थानीय तहले बेहार्ने निर्णय पनि बैठकले गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.